इ चितवन खबर
October 22, 2025
चितवन। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि चितवन राइनोजले तीन जना विदेशी खेलाडी अनुबन्ध गरेको छ। पहिलो संस्करणमा समेत खेलेका पाकिस्तानका सोहेल तन्विर र इंग्ल्यान्डका अलराउन्डर रवी बोपारासँगै इंग्ल्यान्डकै ब्याटर डेविड मलान यस संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका हुन्।
राइनोजले चितवनमा आयोजित ट्रफी टुर कार्यक्रममा तीन विदेशी खेलाडी अनुबन्ध भएको घोषणा गरेको चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले जानकारी दिए। उनका अनुसार नारायणगढस्थित क्याम्पाचौरम भएको ट्रफी टुरमा समर्थकको उपस्थितिमा एनपिएलको ट्रफी सार्वजनिक गरिएको थियो। सो अवसरमा ‘फेस अफ द राइनोज’ पनि घोषणा गरिएको थियो।
जसमा राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा, नायिका नीति शाह र चितवन महिला क्रिकेट टिमकी कप्तान हेलिशा गुरुङ चितवन राइनोजका ब्राण्ड एम्बेसडरको रूपमा रहने छन्। निर्देशक देवकोटाका अनुसार थप तीन विदेशी खेलाडी छिट्टै सार्वजनिक गरिनेछ। एनपिएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि सुरु हुँदैछ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
June 23, 2026
June 17, 2026
June 16, 2026
June 12, 2026
February 24, 2026
February 21, 2026
February 17, 2026
December 12, 2025
December 07, 2025
December 06, 2025
June 26, 2026
June 26, 2026
June 26, 2026
June 25, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .