खेलकुद महोत्सवको पूर्वसन्ध्यामा म्याराथन : अजय र प्रतिमा प्रथम

इ चितवन खबर

November 03, 2025

चितवन । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा भोलिदेखि सुरु हुने प्रथम खेलकुद तथा वृहत व्यापारिक महोत्सवको पूर्व सन्ध्यामा आज म्याराथन सम्पन्न भएको छ । समितिले महोत्सव प्रवर्द्धनका लागि आज म्याराथन आयोजना गरेको हो ।

 

भरतपुरको गोन्द्राङदेखि महोत्सव स्थल नारायणी नदी किनारसम्म ६।५ किलो मिटर दौडमा पुरुष र महिला गरी एक सय भन्दा बढी खेलाडीहरु सहभागी थिए । जसमा पुरुषतर्फ कपिलबस्तुका अजय पाण्डे क्षेत्री प्रथम भएका छन् । उनले उक्त दुरी २० मिनेट १० सेकेन्डमा पुरा गरे ।  

 

यस्तै चितवनको कालिकाका सुनिल विक दोस्रो भएका छन् । दोस्रो भएका सुनिलले उक्त दुरी २१ मिनेट १२ सेकेन्डमा पुरा गरेका छन् । २१ मिनेट ३० सेकेन्डमा उक्त दुरी पार गरेका आँबुखैरेनीका सनम गुरुङ तेस्रो तथा २२ मिनेटमा पुरा गरेका मकवानपुरको बकैया ५ का जेमन तामाङ चौथो भएका छन् ।

 

उता महिलातर्फ भरतपुर १४ शिवनगरकी प्रतिमा हड्खले प्रथम भईन् । ६।५ किलोमिटर दुरी उनले ३१ मिनेटमा ५२ सेकेन्डमा पुरा गरिन् । दोस्रो भएकी माडीको सोमेश्वरकी सोनम बोटेले उक्त दुरी ३२ मिनेट ५५ सेकेन्डमा पुरा गरिन् । यस्तै तेस्रो भएकी खैरहनी १३ की आयुष्मा महतोले उक्त दुरी ३७ मिनेट २७ सेकेन्ड तथा चौथो भएकी माडीको सोमेश्वरकी रोशनी महतोले ३८ मिनेट १ सेकेन्डमा पुरा गरिन् ।

 

उनीहरुले क्रमश: पाँच, तीन र दुई-दुई हजार रुपैयाँ प्राप्त गरे । उनीहरुलाई भोलि हुने महोत्सवको उद्घाटन समारोहकै क्रममा पुरस्कृत गरिने आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए । नारायणी नदी किनारमा भोलिदेखि मंसिर २ गतेसम्म महोत्सव आयोजना हुँदैछ । त्यसैको पूर्व सन्ध्यामा आज म्याराथन आयोजना गरिएको उनले बताए ।

 

महोत्सवको भोलि भव्य उद्घाटन गरिने कार्कीले बताए । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनियाले महोत्सव उद्घाटन गर्नेछन् । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संयोजक विकल कार्कीले बताए । उनका अनुसार आज बेलुकासम्म तयारी पुरा हुनेछ । खेलकुद र व्यापारलाई जोडेर चितवनमा नै पहिलो पटक यस किसिमको महोत्सव आयोजना गरिएको हो ।


# चितवन खबर # खेलकुद

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

June 23, 2026

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

June 17, 2026

फिफा विश्वकप-२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

June 16, 2026

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

June 12, 2026

केएमसी अस्पतालले साम्बाको निःशुल्क उपचार गरिदिने

February 24, 2026

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

February 21, 2026

गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता :लुम्बिनी र मधेस प्रदेश भिड्दै

February 17, 2026

एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

December 12, 2025

एनपिएल : लिग चरणको अन्तिम खेल हुँदै

December 07, 2025

एनपिएल : आज दुई खेल हुँदै

December 06, 2025

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .