इ चितवन खबर
November 07, 2025
चितवन । चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ । भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुरको मैदान एक कार्यक्रमकाबीच कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम शुभरम्भमा ४६ विद्यालयबाट एक हजार भन्दा बढी विद्यार्थीहरु सहभागी थिए । फिफा फुटबल फर स्कुल कार्यक्रमबाट बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने लक्ष्य रहेको छ ।
जस अन्तर्गत आज चितवनका ४६ विद्यालयलाई २०-२० थानको दरले फुटबल वितरण गरिएको हो । एन्फाले केही समय अघि आवेदन खुलाएर छनौट भएका विद्यालयलाई फुटबल वितरण गरिएको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । कार्यक्रममा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले देशका लागि उत्कृष्ट खेलाडी उत्पादनको लक्ष्यसहित फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको बताए । यस कार्यक्रमले मेहेनत गर्न र अनुशासित हुन सिकाउने उनको भनाइ थियो ।
चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, एन्फाका उपाध्यक्ष दाबा लामा, दीपक खतिवडा, पुरुषोत्तम थापा, भरतबुद्ध थापा लगायत उपस्थित थिए । फिफा र युनेस्कोको सहकार्यमा सञ्चालित यो कार्यक्रमले विद्यालय तहका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रमले ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई फुटबलमार्फत अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैंगिक समानता र सामाजिक समावेशीताजस्ता जीवनोपयोगी सीप सिकाउने लक्ष्य पनि राखेको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
June 23, 2026
June 17, 2026
June 16, 2026
June 12, 2026
February 24, 2026
February 21, 2026
February 17, 2026
December 12, 2025
December 07, 2025
December 06, 2025
June 26, 2026
June 26, 2026
June 26, 2026
June 25, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .