इ चितवन खबर
November 16, 2025
चितवन । चितवनमा रगतको अभावलाई केही हदसम्म पुरा गर्ने हेतुले नेपाल रेडक्रस सोसाईटी महेन्द्रचोक उपशाखा र ग्रेस इन्टरनेशनल चितवनको संयुक्त आयोजनामा भरतपुर-१५ मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रगतदान, जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रममा ७ जना महिला सहित ३४ जनाले रक्तदान गर्नु भएको थियो ।
बाग्मती प्रदेश सभा सदस्य माननीय गीता गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम नेपाल रेडक्रस सोसाईटी महेन्द्रचोक उपशाखाका सभापती जीवन केसीको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख अतिथि माननीय गुरुङ्गले रक्तदान जस्तो महान् कार्य गरेकोमा प्रशंसा गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् , पवित्र उदेश्यले गरिएको रक्तदानले सहजता तुल्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी महेन्द्रचोक उपशाखाका सभापती केसीले सेवा नै धर्म हो, भन्ने भावले मन्दिरमा गएर पुजा गर्दा मनलाई आनन्द तुल्याउँछ त्यसरी नै रगत दान गर्दा जीवन मरणको क्षणमा रगत मुत्युको मुखबाट एक जनाको व्यक्तिलाई बचाउन सकिन्छ भने त्यस्तो पुण्य कर्म ठूलो धर्म हो भन्दै रगत सबै जनाले दान गर्नुपर्नेमा जोड दिनुभयो । साे रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुने सम्पूर्ण स्वयसेवि रक्तदाताहरुलाई हार्दिक सम्मान एवं आभार प्रकट गर्नु भयो ।
कार्यक्रममा उपशाखाका उपसभापति भगवती अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा नियमित रक्तदाता अग्रज रेडक्रसकर्मी बिदुर के.सीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी महेन्द्रचोक उपशाखाका उपसचिव प्रकाश रेग्मीले सहजिकरण गर्नु भएको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 28, 2026
April 28, 2026
April 27, 2026
April 27, 2026
April 26, 2026
April 26, 2026
April 25, 2026
April 25, 2026
April 25, 2026
April 24, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .