शान्ति र सद्भावका लागि ५० भन्दा बढी व्यक्तित्वहरू 'साइन अफ पिस अवार्ड' बाट सम्मानित

इ चितवन खबर

April 26, 2026

चितवन | ​चितवनको भरतपुर-१२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा आज एक विशेष समारोहका बीच 'साइन अफ पिस अवार्ड - नेपाल संस्करण' (Sign of Peace Award - Nepal Edition) भव्य रूपमा सम्पन्न भएको छ। समाजमा दिगो शान्ति, आपसी सद्भाव र मानवताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने ५० जना भन्दा बढी विशिष्ट व्यक्तित्वहरूलाई  कार्यक्रममा सम्मान गरिएको छ।

कार्यक्रमको अध्यक्षता कार्यक्रमका सम्योजक तथा Life Aps, Italy  का  मानार्थ सदश्य मिलन न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता साइन अफ पिस अवार्ड नेपालका सल्लाहकार राजकुमार कार्कीले गर्नुभएको थियो। त्यसैगरी, विशिष्ट अतिथिको रूपमा अवार्डका अर्का सल्लाहकार अर्जुन अधिकारीको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि राजकुमार कार्कीले सम्बोधन गर्दै भन्नुभयो, "शान्ति केवल युद्धको अनुपस्थिति मात्र होइन, यो समाजमा विद्यमान सद्भाव र न्यायको उपज हो। आज सम्मानित हुनुभएका व्यक्तित्वहरूले समाजमा सकारात्मक परिवर्तनका लागि खेल्नुभएको भूमिका प्रशंसनीय छ।" विशिष्ट अतिथि अर्जुन अधिकारीले सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै यस्ता कार्यक्रमले समाजमा सेवा भाव जगाउन थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष मिलन न्यौपानेले इटालीको 'प्रेमियो नाजोनाले सेग्नी दि पाचे' (Premio Nazionale Segni di Pace) को तेस्रो संस्करणको नेपाल संस्करण आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउनुभयो। उहाँले सम्मानित हुने सबैलाई बधाई दिँदै आगामी दिनमा पनि शान्ति र मानवताका लागि एकजुट भएर लाग्न आग्रह गर्नुभयो।

सम्मानित हुने ५० जनाभन्दा बढी व्यक्तिहरू शिक्षा, समाजसेवा, स्वास्थ्य र नागरिक अधिकारका क्षेत्रमा सक्रिय रहँदै आएका छन्। कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा

May 19, 2026

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्रथमिकतामा

May 19, 2026

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

May 19, 2026

आजको मौसम : केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

May 19, 2026

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन

May 15, 2026

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

May 14, 2026

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

May 13, 2026

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

May 13, 2026

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

May 13, 2026

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

May 13, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .