शैक्षिक क्षेत्रमा स्थापित नाम टेकबहादुर श्रेष्ठ

इ चितवन खबर

February 28, 2025

चितवन। चितवनको शैक्षिक क्षेत्रमा स्थापित नाम हो टेकबहादुर श्रेष्ठ । भरतपुर–१० कटहरचोकमा रहेको ओम शान्ति एकेडेमीका प्राचार्य श्रेष्ठले शैक्षिक क्षेत्रमा ३८ वर्षभन्दा बढी अनुभव लिइसक्नुभएको छ ।


विसं २०२२ जेठ १३ गते तत्कालिन जुटपानी गाउँ विकास समितिमा जन्मिनु भएका श्रेष्ठले विसं २०४३ सालदेखि शिक्षण पेसा अङ्गाल्दै आफूलाई स्थापित गराउनु भयो । चितवनको शिक्षा–शिक्षणको क्षेत्रमा अत्यन्त सुपरिचित श्रेष्ठले विसं २०४३–४५ मा मनशिक्षा इङ्लिस बोर्डिङ स्कुलबाट शिक्षण पेसालाई अगाडि बढाउनुभयो । उहाँले मनशिक्षा सँगै हिलबर्ड इङ्लिस बोर्डिङ स्कुल (२०४६–२०४८), सनराइज इङ्लिस स्कुल (२०४९–२०७५) हुँदै अहिले ओम शान्ति एकेडेमीको प्राचार्यको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।


चितवनको शैक्षिक विकासमा निजी क्षेत्रबाट अत्यन्त ठूलो भूमिका निर्वाह गरेको सनराइज स्कुलमा विसं २०४९–२०७६ सम्म सञ्चालक समितिको सदस्य समेत रहनु भएका उहाँले विसं २०६९ सालदेखि विसं २०७५ चैतसम्म सनराइजमा प्राचार्यको कुशल भूमिका निर्वाह गर्नुभएको थियो । 


वि.सं.२०७६ देखि हालसम्म ओम शान्ति एकेडेमीको प्राचार्यको भूमिकामा कार्यरत श्रेष्ठ विभिन्न संस्थाहरुले प्रदान गर्ने पुरस्कार तथा सम्मानबाट सम्मानित भइ सक्नु भएको छ । नागरिक समाज काठमाडौँले संस्थागत विद्यालयहरूका प्राचार्यहरु मध्ये एक जना उत्कृष्टलाई प्रदान गर्ने ‘वरिष्ठ शिक्षाविद् तथा उत्कृष्ट प्राचार्य २०७२’ को सम्मानबाट सम्मानित हुनु भएका उहाँलाई शैक्षिक क्षेत्रमा नै पुर्याउनु भएको योगदानका लागि पनि हेल्थ फाउन्डेसन नेपालले राष्ट्रियस्तरमै ‘स्वर्ण शिक्षा सम्मान २०७३’ बाट उहाँलाई सम्मान गरेको छ ।


ओम शान्ति एकेडेमीको शैक्षिक व्यवस्थापन चितवन जिल्लाकै लागि नयाँ हो, जहाँ बालबालिका बिहानदेखि बेलुकीसम्म बसेर अत्यन्त मनोरञ्जनात्मक वातावरणमा बहुआयामिक सिकाइमा सहभागी भइरहेका हुन्छन् । ओम शान्ति एकेडेमीले बालबालिकाको सर्वाङ्गीण विकासमा पुर्याएको योगदान साँच्चै नै प्रशंसनीय छ । 

चितवनमै पहिलो पटक ओम शान्ति एकेडेमी विसं २०७३ सालमा नयाँ सोँच र पृथक् शैलीमा आफ्नो अध्ययन–अध्यापन गतिविधिको आरम्भ गरेको थियो । बालबालिकालाई गृहकार्यको बोझबाट मुक्त गर्नु, सिकाइलाई मनोरञ्जनपूर्ण बनाउनु, बालबालिकाको बुहविध प्रतिभाको विकास गर्नु एकेडेमीको मुख्य उद्देश्य र प्रयन्त देखिन्छन् ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

September 22, 2026

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

September 22, 2026

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

September 22, 2026

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

September 18, 2026

लुलु लेडिज ब्यूटी पार्लरको शहिदचोक शाखा असोज ५ गतेदेखि सञ्चालनमा

September 18, 2026

भोटेकोशी बाढीपीडितका लागि नेपाल युवा रेडक्रस सर्कल ओम शान्ति एकेडेमीको रु. १ लाख १ हजार ४६० रकम सहयोग

September 18, 2026

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

September 18, 2026

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

September 17, 2026

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

September 17, 2026

विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

September 17, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .