इ चितवन खबर
February 28, 2025
काठमाडौं। शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोककोे भोटेकोशी गाउँपालिका भैरभकुण्ड केन्द्रविन्दु भई ६.१ रेक्टर स्केलको भूकम्प गयो । मस्त निद्रामा रहेका मानिसहरू सबै बाहिर निस्के । कोही कराउन थाले । तर भूकम्पको झड्का ठूलो भए पनि क्षति भने त्यति हुन पाएन ।
बिहानदेखि सामाजिक सञ्जालमा भूकम्पबारे चर्चा परिचर्चा सुरु नै थियो । यसैक्रममा हास्यकलाकार केदारप्रसाद घिमिरे माग्नेबुढाले सामाजिक सञ्जालमा लेखे, ‘रेशम फिलिली’ भुइँचालोको सम्बन्ध के हो ?’ हुन पनि ‘रेशम फिलिली’ र भूकम्पको अनौठो सम्बन्ध देखिएको छ । २०७२ वैशाख ११ गते प्रदर्शनमा आएको चलचित्र थियो, ‘रेशम फिलिली’ ।
‘जालमा’ गीतको लोकप्रियताका कारण चलचित्रले उत्साहजनक ओपनिङ गर्यो । तर, रिलिजको दोस्रो दिन अर्थात् वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गएपछि चलचित्र चल्नै पाएन । नौ वर्षपछि यसको सिक्वेल ‘फेरि रेशम फिलिली’ यतिबेला हलहरुमा प्रदर्शनरत छ । यसपटक पनि चलचित्र रिलिज र भूकम्पको संयोग जुरेको छ ।
‘रेशम फिलिली’ र भूकम्पको सम्बन्धलाई लिएर यतिबेला सामाजिक सञ्जाल नै भरिएको छ । ट्रोल पनि उत्तिकै बनेका छन् । यसले चलचित्रप्रति दर्शकको चासो बढाएको छ । महाशिवरात्रिको दिनबाट प्रदर्शनमा आएको ‘फेरि रेशम फिलिली’ ले औसत व्यापार गरिरहेको बताइएको छ ।
नेपालीहरुको अमेरिका मोहको कथामा बनेको चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह, लक्ष्मी गिरी, महेश त्रिपाठी, प्रकाश घिमिरे, रविन्द्र झालगायतको अभिनय रहेको छ । निरोज महर्जनको निर्देशनमा तयार भएको चलचित्र लाई रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 15, 2026
May 10, 2026
May 02, 2026
April 09, 2026
March 17, 2026
February 02, 2026
January 16, 2026
January 09, 2026
January 09, 2026
January 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .