इ चितवन खबर
March 01, 2025
काठमाडौं । फागुन १४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘फेरि रेशम फिलिली’ले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाइरहेको छ ।
महाशिवरात्रिको अवसरमा रिलिज भएको सिनेमाले पहिलो दिन राम्रो अनुपेन्सी पाएको थियो । दर्शकको राम्रो अकुपेन्सी मिलेसँगै सिनेमाका कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । दर्शकले पनि सिनेमाका कलाकारलाई देख्दा सेल्फी खिच्नुका साथै कलाकारसँग ‘फेरि जालमा’ गीतमा नृत्य समेत गरेका थिए । सिनेमा हेर्ने अधिकांश कथावस्तु र त्यसले दिएको सन्देशले मने जितेको प्रतिक्रिया दिएका छन् ।
निर्देशक निरोज महर्जनले सिनेमालाई एकदम पोजेटिभ रेस्पोन्स मिल्नुका साथै सबैको राम्रो साथ पाइरहेको बताए । ‘आफुले सिनेमा जे सोचेर बनाएको थिए । त्यसमा दर्शक तथा समीक्षकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले हौसला मिलेको छ,’ निर्देशक महर्जन भने ।
सिनेमाकी मुख्य अभिनेत्री सुपुष्पा भट्टले दर्शकबाट आफ्नो भूमिकालाई राम्रो प्रतिक्रिया मिलेरहेको भन्दै खुशी व्यक्त गरिन् । आफ्नो अघिल्ला सिनेमाको तुलनामा यो सिनेमामा आफ्नो अभिनय धेरै सुुधार भएको प्रतिक्रिया दर्शकबाट मिलिरहेको उनको भनाई छ । समग्र सिनेमालाई नै दर्शकले राम्रो प्रतिक्रिया मिलेरहेको छ ।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ । सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।
सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गरेका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
June 24, 2026
June 20, 2026
June 16, 2026
June 01, 2026
June 01, 2026
June 01, 2026
June 01, 2026
May 15, 2026
May 10, 2026
May 02, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .