भरतपुरमा “सौन्दर्य ब्यूटी पार्लर एण्ड कस्मेटिक” शुभारम्भ

इ चितवन खबर

February 13, 2026

चितवन। भरतपुर महानगरपालिका–१०, हाकिमचोकस्थित मालिकारोडमा आजदेखि “सौन्दर्य ब्यूटी पार्लर एण्ड कस्मेटिक”औपचारिक रूपमा सञ्चालनमा आएको छ। शुक्रबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस नेपाल महिला संघ चितवनकी निर्वतमान सभापति ठाकुर कुमारी पौडेलले रिबन काटेर व्यवसायको उद्घाटन गर्नुभएको हो।

 

कार्यक्रममा बोल्दै उहाँले सौन्दर्य तथा स्वरोजगार सँग सम्बन्धित व्यवसायले महिलाको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। पछिल्लो समय सौन्दर्य सेवाप्रतिको बढ्दो आकर्षण सँगै यस्ता व्यवसायहरूले स्थानीय युवायुवतीलाई रोजगारी सिर्जना गर्ने उहाँको भनाइ थियो।

 

उक्त पार्लरकी सञ्चालिका लक्ष्मी पाठकले आधुनिक सेवा र गुणस्तरीय सामग्रीमार्फत ग्राहकलाई सन्तुष्टि दिने लक्ष्य राखिएको जानकारी दिनुभयो। ग्राहकको आवश्यकता अनुसार मेकअप, स्किन केयर, हेयर स्टाइलिङ तथा कस्मेटिक सामग्री एउटै स्थानबाट उपलब्ध गराइने उहाँले बताउनुभयो।

 

कार्यक्रममा स्थानीय समाजसेवी, व्यवसायी तथा महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ व्यवसायले क्षेत्रको सेवा सुविधा विस्तार हुनुका साथै महिला उद्यमशीलताको उदाहरण बनेको टिप्पणी गरेका थिए। सञ्चालिकाका अनुसार पार्लरमा आधुनिक उपकरण, अनुभवी जनशक्ति तथा स्वच्छ वातावरणमा सेवा प्रदान गरिनेछ। साथै, स्थानीय स्तरमै गुणस्तरीय सौन्दर्य सेवा उपलब्ध गराई बाहिर जानुपर्ने बाध्यता कम गर्ने लक्ष्य लिइएको छ।

यस व्यवसायको उद्घाटनसँगै हाकिमचोक क्षेत्रका बासिन्दाले अब आफ्नै आसपासमा सहज रूपमा सौन्दर्य सेवा र कस्मेटिक सामग्री पाउने भएका छन्।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .