चलचित्र ‘अञ्जिला’ मा खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा

इ चितवन खबर

March 01, 2025

काठमाडौँ।  नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको सङ्घर्ष र सफलता चलचित्र देख्न सकिने बताउनु भएको छ । नयाँ बसपार्कस्थित चलचित्र भवनमा ‘अञ्जिला’ को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले चलचित्रमा आफ्नो भूमिकाले खेलाडी बन्ने सपना बोकेकालाई प्रेरणा दिने धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, “सानैदेखि खेलकुदमा लगाव भएकाले मैले सक्नेभन्दा बढी यही क्षेत्रमा काम गरेँ । मेरो निरन्तरता र सङ्घर्षले आज मलाई यहाँसम्म पुयाएको हो ।” क्याप्टेन सुब्बाले खेलाडी र खेलकुदका विषयलाई समेटेर चलचित्र बनाइएको भन्दै यसले खेल क्षेत्रमा भविष्य खोज्ने अन्यलाई पनि प्रेरणा दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । चलचित्रमा उहाँ स्वयंले आफ्नो भूमिका निर्वाह गर्नुभएको छ ।
 
“सुरुमा मलाई असहज पनि भएको थियो । राम्रो निर्माण समूह पाएपछि अभिनय पनि गरेकी छु । मजस्तै सङ्घर्षशील अन्य खेलाडीको कथालाई पनि चलचित्रमा देख्न पाइने छ भन्ने मलाई विश्वास छ”, सुब्बाले भन्नुभयो । उहाँले आफ्नो खेलजीवनमा सफलताको श्रेय धर्मपिता प्रेमकुमार श्रेष्ठलाई दिनुभएको छ । चलचित्रको निर्मातासमेत रहनुभएका सुब्बाका धर्मपिता श्रेष्ठले चलचित्रले खेलमा आफ्नो भविष्य देख्नेहरूलाई प्रेरणा दिने बताउनुभयो । 

“अञ्जिलाको जीवनले खेलकुदमा लाग्नेलाई अगाडि बढ्न प्रेरणा दिन्छ र उहाँको सङ्घर्ष कुनै चलचित्रको पटकथाभन्दा कम छैन”, निर्माता श्रेष्ठले भन्नुभयो । उहाँले चलचित्रमा क्याप्टेन सुब्बासँगै अन्य राष्ट्रिय खेलाडीलाई रहेका जनाउँदै सबैलाई सहयोगका लागि धन्यवाद दिनुभयो । 

निर्देशक मिलन चाम्सले क्याप्टेन सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको जानकारी दिनुभयो । “खेलकुदमा चलचित्र बनाउन नेपाली स्रोत र साधनले भ्याएसम्म कोसिस गरेका छौँ । क्याप्टेन सुब्बाको जीवनको महत्त्वपूर्ण खेललाई चलचित्रमा समावेश गरेका छौँ । उहाँको जीवनलाई पर्दामा हेर्दा नरसाउने आँखा सयादै होलान्”, उहाँले भन्नुभयो ।
 
चलचित्रका अभिनेता दयाहाङ राईले नेपाली फुटबलको विषयमा चलचित्र बन्नु सकारात्मक पक्ष रहेकाले आफू कलाकारका रूपमा जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “म फुटबल खेलको प्रशंसक हुँ । क्याप्टेन सुब्बाको जीवनीमा चलचित्र बन्दैछ भन्ने सुनेपछि खुसी भएको थिएँ, मलाई अभिनय गर्ने प्रस्ताव आएपछि आफ्नो भूमिका नसुन्दै सहमति दिएँ । सुब्बासँग चलचित्रभर अधिकांश दृश्य छ, यो मेरो जीवनकै महत्त्वपूर्ण उपलब्धि हो ।”

चलचित्रमा सुनिल थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गर्नुभएको छ । सुदीप बरालले छायाङ्कन, मिलन श्रेष्ठले सम्पादन गर्नुभएको यो चलचित्र यही फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुने वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

फिल्म ‘टीका’ को शुभमुहूर्त

May 15, 2026

वरिष्ठ लोक गायक बम बहादुर कार्कीको ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक

May 10, 2026

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

May 02, 2026

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 09, 2026

फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

March 17, 2026

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

February 02, 2026

‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

January 16, 2026

‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’ : अभिनेता मल्ल

January 09, 2026

मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता

January 09, 2026

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

January 08, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .