चलचित्र ‘अञ्जिला’ मा खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा

इ चितवन खबर

March 01, 2025

काठमाडौँ।  नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको सङ्घर्ष र सफलता चलचित्र देख्न सकिने बताउनु भएको छ । नयाँ बसपार्कस्थित चलचित्र भवनमा ‘अञ्जिला’ को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले चलचित्रमा आफ्नो भूमिकाले खेलाडी बन्ने सपना बोकेकालाई प्रेरणा दिने धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, “सानैदेखि खेलकुदमा लगाव भएकाले मैले सक्नेभन्दा बढी यही क्षेत्रमा काम गरेँ । मेरो निरन्तरता र सङ्घर्षले आज मलाई यहाँसम्म पुयाएको हो ।” क्याप्टेन सुब्बाले खेलाडी र खेलकुदका विषयलाई समेटेर चलचित्र बनाइएको भन्दै यसले खेल क्षेत्रमा भविष्य खोज्ने अन्यलाई पनि प्रेरणा दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । चलचित्रमा उहाँ स्वयंले आफ्नो भूमिका निर्वाह गर्नुभएको छ ।
 
“सुरुमा मलाई असहज पनि भएको थियो । राम्रो निर्माण समूह पाएपछि अभिनय पनि गरेकी छु । मजस्तै सङ्घर्षशील अन्य खेलाडीको कथालाई पनि चलचित्रमा देख्न पाइने छ भन्ने मलाई विश्वास छ”, सुब्बाले भन्नुभयो । उहाँले आफ्नो खेलजीवनमा सफलताको श्रेय धर्मपिता प्रेमकुमार श्रेष्ठलाई दिनुभएको छ । चलचित्रको निर्मातासमेत रहनुभएका सुब्बाका धर्मपिता श्रेष्ठले चलचित्रले खेलमा आफ्नो भविष्य देख्नेहरूलाई प्रेरणा दिने बताउनुभयो । 

“अञ्जिलाको जीवनले खेलकुदमा लाग्नेलाई अगाडि बढ्न प्रेरणा दिन्छ र उहाँको सङ्घर्ष कुनै चलचित्रको पटकथाभन्दा कम छैन”, निर्माता श्रेष्ठले भन्नुभयो । उहाँले चलचित्रमा क्याप्टेन सुब्बासँगै अन्य राष्ट्रिय खेलाडीलाई रहेका जनाउँदै सबैलाई सहयोगका लागि धन्यवाद दिनुभयो । 

निर्देशक मिलन चाम्सले क्याप्टेन सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको जानकारी दिनुभयो । “खेलकुदमा चलचित्र बनाउन नेपाली स्रोत र साधनले भ्याएसम्म कोसिस गरेका छौँ । क्याप्टेन सुब्बाको जीवनको महत्त्वपूर्ण खेललाई चलचित्रमा समावेश गरेका छौँ । उहाँको जीवनलाई पर्दामा हेर्दा नरसाउने आँखा सयादै होलान्”, उहाँले भन्नुभयो ।
 
चलचित्रका अभिनेता दयाहाङ राईले नेपाली फुटबलको विषयमा चलचित्र बन्नु सकारात्मक पक्ष रहेकाले आफू कलाकारका रूपमा जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “म फुटबल खेलको प्रशंसक हुँ । क्याप्टेन सुब्बाको जीवनीमा चलचित्र बन्दैछ भन्ने सुनेपछि खुसी भएको थिएँ, मलाई अभिनय गर्ने प्रस्ताव आएपछि आफ्नो भूमिका नसुन्दै सहमति दिएँ । सुब्बासँग चलचित्रभर अधिकांश दृश्य छ, यो मेरो जीवनकै महत्त्वपूर्ण उपलब्धि हो ।”

चलचित्रमा सुनिल थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गर्नुभएको छ । सुदीप बरालले छायाङ्कन, मिलन श्रेष्ठले सम्पादन गर्नुभएको यो चलचित्र यही फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुने वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

May 23, 2025

लक्की फिल्मी अवार्ड असार ८ गते

May 19, 2025

ओम प्रतीकको लेखन तथा निर्देशनको चलचित्र ‘मोहर’ को पहिलो गीतको छायाङ्कन सम्पन्न

May 19, 2025

कीर्तिपुर सिनेप्लेक्स सिनेमा हलमा सोह्रौं प्रिज्मा डिसिने अवार्ड भव्य रुपमा सम्पन्न

May 19, 2025

कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

May 19, 2025

सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?

May 19, 2025

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

May 19, 2025

सिनेपाको निर्माण आरम्भ: चलचित्र क्षेत्रको लागि निकै उपलब्धिपुर्ण: प्रधानमन्त्री

May 14, 2025

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

May 14, 2025

४८ करोडमा बनेको अजय देवगनको रेडः २ को कमाइ अब १५० करोडमाथी

May 11, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .