‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

इ चितवन खबर

March 01, 2025

गण्डकी। गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न महोत्सवमा प्रस्तुति दिनुभयो । फागुन लागेसँगै साङ्गीतिक कार्यक्रमका लागि युयई पुग्नुभएका उहाँलाई त्यहाँबाट फर्केपछि पनि मेला–महोत्सवमा पुग्न भ्याइनभ्याइ छ । मङ्गलबार कैलालीको सुखडमा आयोजित ‘दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव’मा प्रस्तुति दिनुभएका थापा आज चितवनको गड्यौली महोत्सव पुग्दै हुनुहुन्छ । 


यही बेला उहाँको पछिल्लो गीत ‘दुश्मन हरेरै हेरै...’ले पनि युट्युबमा उल्लेख्य दर्शक/स्रोता बटुलेको छ । एक महिनाअघि थापाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म दुई करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ । युट्युब ट्रेन्डिङको पहिलो स्थानमासमेत परिसकेको उक्त गीतको सफलता सँगसँगै मेला–महोत्सवमा उहाँको माग बढेको हो । यो गीत छोटो समयमा धेरै ‘भ्यूज’ पाउने थापाको पहिलो गीत हो । 


गत साता एकैदिन हेटौँडा र नुवाकोटको महोत्सवमा पुग्न भएका थापाले हेलिकप्टर प्रयोग गर्नुभएको थियो । “फागुन महिनामा ३२ भन्दा बढी ठाउँमा प्रस्तुति दिँदैछु, यो सब दर्शक÷स्रोताको माया र साथले सम्भव भएको हो”, उहाँले भन्नुभयो, “दुश्मन हेरैको हेरै...गीतको सफलताले मलाई पनि थप उचाइ दियो, यसबाट नयाँ ऊर्जा पाएको महसुस भइरहेको छ ।” कतिपय ठाउँका कार्यक्रममा माए आए पनि व्यवस्ताका कारण समय दिन नभ्याएको थापाले सुनाउनुभयो । युट्युबसँगै मेला–महोत्सवमा दर्शकले दिएको साथका कारण उहाँले आर्थिक रूपमा पनि राम्रो लाभ उठाइरहनुभएको छ ।


उहाँलाई युट्युबबाट पनि राम्रो कमाइ हुन्छ । ‘दुर्गेश थापा’ नामको युट्युबमा सस्क्राइबरको सङ्ख्या दस लाखबढी पुगेको छ । ‘दुश्मन हेरेको हेरै...’मा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ । थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पार्नुभएको हो । 

गीतको म्यूजिक भिडियोमा थापासहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामालगायतका अभियन रहेको छ । सयौँ गीतमा स्वर र म्युजिक भिडियोमा अभिनय गर्नुभएका थापाका ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा...’लगायत गीत चर्चित छन् । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिनुभएको छ । 


थापाले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । ‘डाँडै बिसौनी...’, ‘जुनले मात्र देख्छ...’, ‘हाँस्न सिकायाँै...’लगायत उहाँद्वारा अभिनित चर्चित लोकदाहोरी गीत हुन् । पहिलोपटक दीपक/दीपाको चलचित्र ‘छ माया छपक्कै..’मा प्रोमोशनल गीत गाउनुभएका थापाले गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘ह्रस्वदीर्घ’मा गाउनुभएको ‘उठेर नाचिस्यो...’ गीत पनि चर्चित बनेको थियो । 


‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन...’ गीतको सङ्गीत र शब्द पनि उहाँले रचना गर्नुभएको हो । उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिनुभएको छ । थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’का रूपमा आफूलाई चिनाउन चाहानुहुन्छ । करिअरको सुरूआतीकालमा रेष्टुराँ र बारमा नृत्यकारको रूपमा काम गर्नुभएका उहाँ अहिले अभिनय र सङ्गीतमा पोख्त बन्नुभएको हो ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( १००% )

Angry ( ०% )

Comments

You May Like

फिल्म ‘टीका’ को शुभमुहूर्त

May 15, 2026

वरिष्ठ लोक गायक बम बहादुर कार्कीको ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक

May 10, 2026

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

May 02, 2026

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 09, 2026

फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

March 17, 2026

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

February 02, 2026

‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

January 16, 2026

‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’ : अभिनेता मल्ल

January 09, 2026

मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता

January 09, 2026

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

January 08, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .