इ चितवन खबर
March 01, 2025
काठमाडौं । कान्ति बाल अस्पताललाई एक हजार शैय्यामा विस्तार गर्ने कार्यमा सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आग्रह गरेका छन् ।
नेपालका लागि जापानी राजदूत राजदूत तोरु मायदासँगको हालै भएको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भए पनि पर्याप्त पूर्वाधार नभएकाले विकास गर्ने सरकारको योजनामा साथ दिन जापान सरकारसँग आग्रह गरेका हुन् ।
भेटका क्रममा मन्त्री पौडेलले मन्त्रालयले घोषणा गरेको एक्सरे फिल्म प्रयोग निरुत्साहित गरेर डिजिटल वितरण योजनामा समेत जापान सरकारबाट साथ अपेक्षा गरेको बताएका थिए ।
त्यसक्रममा राजदूत मायदाले अस्पताललाई सघाउन सकारात्मक रहेको बताए । राजदूत मायदाले जापान र नेपालबीच लामो सहयोग सहकार्य रहेको भन्दै मन्त्रालयका अनुरोधका पक्षमा सकारात्मक रहेको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले कान्ति बाल अस्पतालको क्षमता विस्तार गरेर बढी क्षमतामा प्रभावकारी बाल उपचार उपलब्ध गराउने योजना सार्वजनिक गरेका थिए । त्यसलाई सफल पार्न विभिन्न क्षेत्रसँग सहकार्य र संवाद भैरहेको छ । यसैक्रममा जापान सरकारसँग सहकार्यको विकल्पबारे खोजी भएको मन्त्री पौडेलको सचिवालयले उल्लेख गरेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 08, 2025
April 08, 2025
April 04, 2025
April 04, 2025
March 26, 2025
March 24, 2025
March 18, 2025
March 11, 2025
March 09, 2025
March 06, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .