इ चितवन खबर
February 23, 2026
काठमाडौँ।पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएकोे ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ । उहाँले उपचारका लागि ल्याइएका २३ जनामध्ये अर्का एक जना घाइतेको भने मृत्यु भएको जानकारी दिनुभयो । उनको पहिचान खुलेको छैन ।
नेशनल अस्पताल कलंकीमा ९ जना पुरुष, १ जना महिला उपचाररत छन् । ट्रमा सेन्टरमा ७ पुरुष र ५ महिलाको उचार भइरहेको छ ।
नेशनल सिटी अस्पतालमा उपचार हुनेमा सितापाईला बस्ने वर्ष ३३ को राजेश कुँवर, तनहुँ भक्ते बस्ने वर्ष १८ को सुविन मल्ल, कास्की लेखनाथका ३५ वर्षीया प्रतिभा पौडेल, कास्कीको देविनगरका २३ वर्षीय चन्द्रआशिष फुँयाल, काठमाडौँ लोलाङ बस्ने वर्ष १९ का संगम मल्ल, कास्की चिसुवा घर भएका वर्ष ३९ की प्रमिला भट्टराई, स्याङ्जा फेदिखोला ४ घर भएका वर्ष ६४ का डम्मरबहादुर विक, काठमाडौँ कलंकी घर भएका वर्ष २५ को कृष्ण तिवारी, कास्की घर भएका वर्ष २० को सुनम गुरुङ र धादिङ धुनिबेशी घर भएका वर्ष ३६ को राजेन्द्र बिसुन्के रहेका छन् ।
यस्तै ट्रमा सेन्टरमा उपचार भइरहेकाहरूमा चिनियाँ नागरिक २२ वर्षीया कि मिसि हाउ, काठमाडौँ बौद्धका वर्ष ४८ की एन्जी शेर्पा, तनहुँका वर्ष ४५ को सोमप्रसाद मल्ल, झापाका वर्ष ३० को विपिन मानन्धर, काठमाडौँ गोकर्णका वर्ष २८ की पुजा फुयाल, स्याङ्जा फेदिखोलाका २६ वर्षका सचिन्द्र सुनार र कास्की लेखनाथका प्रदीप लामिछाने छन् ।
यस्तै ट्रमा सेन्टरमै काठमाडौँको बौद्ध बस्ने नोर्बु पाल्देन, कपनका स्वर्णीमा खत्री, कास्कीका १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र काठमाडौँ बौद्धका ४८ वर्षीया लङ्साङ्गोली लामाको उपचार भइरहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 16, 2026
April 15, 2026
April 14, 2026
April 14, 2026
April 13, 2026
April 12, 2026
April 12, 2026
April 12, 2026
April 11, 2026
April 10, 2026
April 16, 2026
April 15, 2026
April 14, 2026
April 14, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .