महाभारतमाथि फिल्म बनाउने इच्छा कायमै छ : अमिर खान

इ चितवन खबर

February 24, 2025

मुम्बई । अभिनेता आमिर खानले भर्खरै महाभारत बनाउने आफ्नो पुरानो इच्छा व्यक्त गरेका छन् । एबीपी सम्मेलनमा आमिरले आफ्नो सपना सबैसँग साझा गरे र यो पनि भने कि बच्चाहरूसँग सम्बन्धित सामग्रीले उनलाई सबैभन्दा धेरै उत्साहित तुल्याउँने गरेको छ।


आमिरले भने, ‘महाभारत बनाउने मेरो सपना हो, त्यसैले सायद अब म त्यो सपनाको बारेमा सोच्न सक्छु। हेरौं यसमा मेरो भूमिका हुन्छ कि हुँदैन।’ बाल सामग्रीका फिल्ममा आफ्नो रुचि बारे कुरा गर्दा अमिर खानले भने, ‘मलाई लाग्छ कि भारतमा हामी बालबालिकासँग सम्बन्धित सामग्री कम बनाउँछौं । सामान्यतया हामी विदेशबाट आयात गर्छौं, यसलाई यहाँ डब गरेर रिलिज गर्छौं। म बच्चाहरूको बारेमा कथाहरू बनाउन चाहन्छु।’


अभिनेताका हैसियतले एक पटकमा एउटा चलचित्र गर्न मन लागे पनि निर्माताको हैसियतले थप प्रोजेक्ट गर्ने आफ्नो लक्ष्य रहेको पनि उनले बताएका छन् ।


आमिरले भने,  ‘एक अभिनेताको हैसियतमा म एक पटकमा एउटा फिल्म गर्छु र त्यसमा म खुसी छु । निर्माताको हैसियतमा अझै धेरै फिल्महरू गर्ने प्रयासमा छु किनभने अर्को महिनाबाट म ६० वर्षको हुनेछु र आगामी १० देखि १५ वर्षसम्म म थप काम गर्न र नयाँ प्रतिभालाई अवसर दिन चाहन्छु।’


उनले मिसिङ लेडीज र यस फिल्ममा नितान्शी गोयल, प्रतिभा रन्ता र स्पर्श श्रीवास्तव जस्ता नयाँ कलाकारलाई कसरी समावेश गरेका छन् भन्ने कुरा पनि साझा गरेका थिए । किरण रावद्वारा निर्देशित ‘मिसिङ लेडीज’ लाई आमिर खानले आफ्नो प्रोडक्सन ब्यानरमा निर्माण गरेका हुन । जो ओस्कारका लागि सिफारिस भएको छ ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

May 23, 2025

लक्की फिल्मी अवार्ड असार ८ गते

May 19, 2025

ओम प्रतीकको लेखन तथा निर्देशनको चलचित्र ‘मोहर’ को पहिलो गीतको छायाङ्कन सम्पन्न

May 19, 2025

कीर्तिपुर सिनेप्लेक्स सिनेमा हलमा सोह्रौं प्रिज्मा डिसिने अवार्ड भव्य रुपमा सम्पन्न

May 19, 2025

कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

May 19, 2025

सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?

May 19, 2025

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

May 19, 2025

सिनेपाको निर्माण आरम्भ: चलचित्र क्षेत्रको लागि निकै उपलब्धिपुर्ण: प्रधानमन्त्री

May 14, 2025

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

May 14, 2025

४८ करोडमा बनेको अजय देवगनको रेडः २ को कमाइ अब १५० करोडमाथी

May 11, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .