भैरहवामा पहिलो पटक न्युरो विज्ञान सम्मेलन

इ चितवन खबर

March 02, 2025

भैरहवा।  लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी लुम्बिनी प्रदेश र नेपाल पक्षघात संघको आयोजनामा भैरहवामा पहिलोपटक प्रदेशस्तरीय न्युरो विज्ञान सम्मेलन भएको छ । 


देश विदेशमा प्रयोगमा भएको चिकित्सा विज्ञान, अनुसन्धान र अपडेटबारे चिकित्सा क्षेत्रमा जानकारी दिने उद्देश्यले भैरहवामा सम्मेलन गरिएको लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष डा. विषणुप्रसाद पौडेलले जानकारी दिए । नेपालमा विभिन्न विषयमा यस्तो सम्मेलन हुने गरे पनि यो  चिकित्सकहरुलाई सहजताका लागि सम्मेलन गरिएको उनले बताए । 


सम्मेलनले मुख्यतया न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक, कान, घाँटी, साइक्याट्रिक, ग्यास्ट्रो, रेडियोलोजी, आँखालगायतको उपचार क्षेत्रमा सहयोग पु¥याउने र यसको छिटो समस्या समाधान गर्नका सहयोगी बनेको कार्यक्रम संयोजक डा.सुवास ज्ञवालीले बताए  सम्मेलनमा नेपालका विभिन्न क्षेत्रमा प्रदेशका विभिन्न अस्पताल तथा क्लिनिकहरुमा कार्यरत दुई सयभन्दा बढी डाक्टरहरुको सहभागिता थियो । सम्मेलनमा नेपालसहित भारत र थाइल्याण्डलगायतका विशेषज्ञ कन्सल्टटेन्टहरुले प्रयोग गरेको विषय र पछिल्लो प्रणलीबारे १८ वटा कार्यपत्र प्रस्तुत गरेको कार्यक्रम संयोजक डा. प्रकाश भट्टराईले बताए ।


सोसाइटी दुई वर्षदेखि मेडिकलसँग सम्बन्धित रही उपचारमा सहजताका लागि थुप्रै कार्यक्रम गर्दे आएको सासाइटीका महासचिव सरोज थापाले बताए । अहिले विभिन्न क्षेत्रका फिजीसियनहरुलाई केन्द्रित गरी न्युरोसम्बन्धी कार्यक्रम गरिएको छ । सम्मेलनले नेपाल सरकारले टाउकोको नशा सुकेर हुने समस्याको समाधानका लागि लाग्ने औषधि निःशुल्क विभिनन अस्पतालमा दिने व्यवस्था गरेकोमा त्यसको उचित प्रयोग गर्दै भएको ज्ञान सीपसँगै सम्मेलनमा लिएको अनुभव र ज्ञानलाई आप्नो अस्पतालमा गएर प्रयोग गर्नेमा सहजता प्रदान गर्नु रहेको भट्टराईले बताए। 


सम्मेलनको पूर्वसन्ध्यामा नेपालमा पक्षघातसम्बन्धी रोगको अवस्था, उपचार पद्धति, सुधार र समस्या समाधानको विषयमा गोष्ठीसमेत गरिएको थियो । नेपाल स्ट्रोक एसोसिएसन, नेपाल स्ट्रोक प्रोजेक्ट, बोहरिंगर इन्गेलहाइम तथा लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको संयुक्त सहयोगमा गोष्ठी आयोजना गरिएको संस्थाले जानकारी दिएको छ । नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष डा. लेखजंग थापाले तालिमपश्चातको उपचारले विरामीको नतिजा राम्रो हुने बताए ।
 

 


# चितवन खबर # स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

April 08, 2025

क्यान्सर अस्पताल भरतपुरले थप सेवा विस्तार गर्दै

April 08, 2025

किन बढ्दै छ, वायु प्रदूषण ?

April 04, 2025

वायु प्रदूषण हुँदा मानिसहरुले के गर्ने र के नगर्ने ? वायु गुणस्तर सूचकांक भनेको के हो ? AQI को महत्त्व

April 04, 2025

वीरगन्जमा पहिलो पटक थ्रोम्बोलाइसिस प्रविधिबाट पक्षाघातको उपचार सुरू

March 26, 2025

राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका छन् : स्वास्थ्यमन्त्री पौडेल

March 24, 2025

चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने

March 18, 2025

वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त

March 11, 2025

नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब

March 09, 2025

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. देवकोटाको बढुवा

March 06, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .