इ चितवन खबर
March 14, 2026
चितवन। यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद माडी नगरपालिकाले यहाँको भूमिलाई ७ भागमा बर्गीकरण गरेको छ ।
नगरपालिकाले भू उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमीनको बर्गीकरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालका अनुसार यहाँ सबैभन्दा धेरै जङगल रहेको छ । नगरपालिकामा २१ हजार ८२४ दशमलब ४४ हेक्टर रहेकामा १२ हजार ९७५ दशमलब ७५ हेक्टर जङगलले ओगटेको छ ।
यस्तै ६ हजार ५३५ दशमलब ०७ हेक्टर कृषि योग्य रहेको छ । उहाँका अनुसार सार्वजनिक भूमि ३१५ दशमलब ५२ हेक्टर, आबासीय जमीन १ हजार ९१८ दशमलब ८७ हेक्टर, व्यवसायीक जमीन ५९ दशमलब ९३ हेक्टर, औद्योगिक क्षेत्र १० दशमलब ०२ हेक्टर र सांस्कृतिक भूमि ९ दशमलब ३१ हेक्टर रहेको छ ।
भूमि बर्गीकरणको काम सकिएकाले सबै बिबरणहरु वडा कार्यालयहरुमा पठाइएको उहाँले जानकारी दिनुभयो । पालिकाले गरेको भूमि को बर्गीकरणबारे चित्त नवुझे अगामी चैत १ गतेसम्ममा भू उपयोग कार्यान्वयन निर्देशिका २०८१ को खफा २८ को उपदफा २ वमोजिम निवेदन पेश गर्न सूचना जारी गरिएको छ । जग्गा धनिले भू उपयोग बर्गीकरणमा चित्त नबुझाएर निवेदन दिएमा यस्ता निवेदन माथि अध्ययन गरी पुर्नबिचार गरिने अधिकृत भूषालले बताउनुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
March 15, 2026
March 15, 2026
March 15, 2026
March 15, 2026
March 15, 2026
March 14, 2026
March 14, 2026
March 14, 2026
March 14, 2026
March 13, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .