इ चितवन खबर
April 04, 2026
चितवन। बल्छी ग्रुप भरतपुरको प्रथम साधारण सभा तथा अधिवेशन चितवनको माडीमा सम्पन्न भएको छ। ग्रुपका सभापति तुलसीराम पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ग्रुपका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै सभापति पाण्डेले ग्रुपको स्थापना पछिको यात्रा, हालसम्मका गतिविधि तथा आगामी योजनाहरूको बारेमा प्रकाश पार्दै ग्रुपलाई अझ प्रभावकारी र संगठित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले सदस्यहरूबीच आपसी सहकार्य, एकता र सक्रिय सहभागिताबाट मात्रै ग्रुपको उद्देश्य हासिल गर्न सकिने धारणा राख्नु भयो ।
अधिवेशनले पुनः तुलसीराम पाण्डेलाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमिति अन्तर्गत सचिवमा लोकनाथ लामिछाने, कोषाध्यक्षमा सन्तबहादुर गुरुङ, लेखा संयोजकमा खगेन्द्रराज लामिछाने चयन भएका छन्। त्यस्तै, संरक्षकमा राजेन्द्रमणि काफ्ले तथा सल्लाहकारमा हरिप्रसाद सुबेदीलाई जिम्मेवारी दिइएको छ।
नवनिर्वाचित पदाधिकारीहरूले संस्थाको उद्देश्य अनुरूप सामाजिक, सिर्जनात्मक तथा सामूहिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा सहभागी सदस्यहरूले पनि आफ्नो धारणा राख्दै ग्रुपको दिगो विकासका लागि सबैको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए। उनीहरूले आगामी दिनमा थप कार्यक्रमहरू सञ्चालन गर्दै ग्रुपलाई सशक्त बनाउने सुझाव दिएका छन्।
हाल बल्छी ग्रुप भरतपुरमा २१ जना सदस्यहरू आबद्ध रहेका छन्। ग्रुपले विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्दै आएको जनाइएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 28, 2026
April 28, 2026
April 27, 2026
April 27, 2026
April 26, 2026
April 26, 2026
April 25, 2026
April 25, 2026
April 25, 2026
April 24, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .