स्टार्स मन्टेश्वरी एकेडेमीको १४औँ दीक्षान्त समारोह भव्य रूपमा आयोजना हुँदै

इ चितवन खबर

April 09, 2026

चितवन। स्टार्स मन्टेश्वरी एकेडेमीको १४औँ दीक्षान्त समारोह यस वर्ष पनि भव्य रूपमा आयोजना हुने भएको छ। स्टार्स मन्टेश्वरी एकेडेमी, एभरेष्ट प्रिस्कुल र प्रग्मा मन्टेश्वरीको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम २०८२ साल चैत २८ गते शनिबार आयोजना गरिनेछ।

यस वर्ष करिब ६० जना नानीबाबुहरू युकेजी कक्षाबाट स्नातक (ग्राजुएट) हुँदै प्रिस्कुल शिक्षा पूरा गरी औपचारिक विद्यालय शिक्षातर्फ प्रवेश गर्नेछन्। प्रत्येक वर्षझैँ यसपटक पनि दीक्षान्त समारोहलाई आकर्षक र स्मरणीय बनाउन विशेष कार्यक्रमहरू समावेश गरिएका छन्। 


कार्यक्रम अन्तर्गत पञ्चेबाजा सहित दीक्षित बालबालिकालाई सफारी जिपमा राखी भरतपुर नगर परिक्रमा गराउँदै कार्यक्रम स्थल CMT Hotel, हाकिम चोकसम्म पुर्‍याइनेछ।


यस वर्षको समारोहमा प्रमुख अतिथिका रूपमा मिस नेपाल तथा चर्चित सञ्चारकर्मी माल्भिका सुवा रहने आयोजकले जनाएको छ। यसअघि पनि राजेश हमाल, करिश्मा मानन्धर, सन्तोष पन्त, कालीप्रसाद बास्कोटा, आनन्द कार्की लगायतका चर्चित व्यक्तित्वहरूको उपस्थिति रहँदै आएको थियो।


कार्यक्रममा सहभागी सबै बालबालिकालाई प्रमाणपत्र तथा मेडल वितरण गरिनेछ भने उनीहरूले विभिन्न सांस्कृतिक तथा सृजनात्मक प्रस्तुतिहरू पनि प्रदर्शन गर्नेछन्। दिउँसो २:०० बजेदेखि सुरु हुने उक्त समारोह अभिभावक, शिक्षक तथा स्थानीय समुदायका लागि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।


२०६५ सालमा पोखरामा स्थापना भएको स्टार्स मन्टेश्वरी एकेडेमी हाल विभिन्न स्थानमा प्रिस्कुल सञ्चालन गर्दै आएको छ। शैक्षिक गुणस्तरका साथै विद्यार्थीहरूको समग्र विकासमा जोड दिँदै आएको यस संस्थाले गायन, नृत्य तथा तेक्वान्दो जस्ता अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई उत्कृष्ट बनाउन सफल हुँदै आएको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र

April 28, 2026

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

April 28, 2026

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

April 27, 2026

राज्यको नीतिका कारण रियल स्टेट व्यवसायीको आत्मबल कमजोर : अशोक बिष्ट

April 27, 2026

शान्ति र सद्भावका लागि ५० भन्दा बढी व्यक्तित्वहरू 'साइन अफ पिस अवार्ड' बाट सम्मानित

April 26, 2026

सुनचाँदीको बढ्यो

April 26, 2026

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति

April 25, 2026

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

April 25, 2026

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

April 25, 2026

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

April 24, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .