इ चितवन खबर
April 10, 2026
चितवन। भरतपुर महानगरपालिका–१२, आस्थाटोल स्थित स्मल हार्ट मन्टेश्वरीले आफ्नो सातौँ दीक्षान्त समारोह तथा अभिभावक दिवस–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा विद्यार्थीहरूको गायन र नृत्य प्रतिभा मार्फत भरपुर मनोरञ्जन दिँदै अगाडी बढाइएको कार्यक्रममा विभिन्न धर्म, संस्कृति तथा सम्प्रदायको प्रतिनिधित्व गर्दै विद्यार्थीहरू मञ्चमा प्रस्तुत भएका थिए । कार्यक्रम अवधिभर प्रस्तुत गरिएका विभिन्न प्रतिभाहरू सहितको प्रस्तुति मार्फत स्मल हार्ट मन्टेश्वरीले आफूले दिँदै आएको शिक्षाको प्रतिबिम्ब प्रस्तुत गरेको थियो । स-साना बालबालिकाको निर्दोष आवाजमा गायन, नृत्य आदि प्रस्तुत भइरहँदा विद्यालयका अभिभावकहरू उत्साहित देखिएका थिए ।
आफ्ना साना छोराछोरी सफलताको बाटो तिर लम्कँदै दीक्षित भएको देखेर खुसीले पुलकित भएका अभिभावकहरूले कार्यक्रममा स्मल हार्ट मन्टेश्वरीले उत्कृष्ट काम गरिरहेको भन्दै धन्यवाद दिए। विद्यालयले आफ्नो क्षेत्रका अत्यधिक अभिभावकहरूको मन जितेर काम गरिरहेको हुँदा अझै सफल हुने उहाँहरूको विश्वास थियो।
कार्यक्रमको समुद्घाटन भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष लेखराज पन्त ‘हरि’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि पन्तले बालबालिकाको समग्र विकासमा प्रारम्भिक शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास र सृजनशीलता विकास गर्न सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा आस्था टोल विकास संस्थाकी अध्यक्ष मीना कुमारी श्रेष्ठ र आस्था आमा समूहकी अध्यक्ष सजनी भन्तना विशेष अतिथि रहनु भएको थियो । उहाँहरूले विद्यालयले बालबालिकाको शिक्षा सँगै संस्कार र अनुशासनमा दिएको जोड प्रशंसनीय रहेको बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता विद्यालयकी प्रिन्सिपल मंगला क्षेत्री राउतले गर्नु भएको थियो । प्रिन्सिपल क्षेत्री राउतले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर प्रयासरत रहेको साथै अभिभावकहरूबाट सधैँ रचनात्मक सल्लाह, सुझावको अपेक्षा रहने बताउनु भयो । उहाँले विद्यालयका शिक्षक/शिक्षिका तथा कर्मचारीहरूको अथक मेहनतका कारण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको भन्दै उहाँहरूप्रति आभार व्यक्त गर्नु भयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 15, 2026
April 14, 2026
April 14, 2026
April 13, 2026
April 12, 2026
April 12, 2026
April 12, 2026
April 11, 2026
April 10, 2026
April 10, 2026
April 15, 2026
April 14, 2026
April 14, 2026
April 13, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .