इ चितवन खबर
April 23, 2026
चितवन। विश्व पृथ्वी दिवस २०२६ को अवसरमा चितवनको भरतपुर स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको आयोजनामा नारायणी नदी किनार क्षेत्रमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। "हाम्रो शक्ति, हाम्रो पृथ्वी" (Our Power, Our Planet) भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय संघ-संस्था र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
बिहान साढे ७ बजेदेखि सुरु भएको यस अभियानमा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूका साथै अवेक नेपाल (Awake Nepal), रिलायवल नेपाल लाइफ इन्स्योरेन्स (Reliable Nepal life Insurance), ग्रिन आर्मी नेपाल (Green Army Nepal)लेट्स डु इट नेपाल (Let's Do it Nepal ) संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।
स्वयम्सेवकहरूले नारायणी नदीको तटीय क्षेत्रबाट प्लास्टिक, सिसाका बोतल, र अन्य नसड्ने फोहोरहरू संकलन गरेका थिए। कार्यक्रमका क्रममा२०० केजी भन्दा बढी फोहोरसंकलन गरि उचित व्यवस्थापनका लागि पठाइएको छ। नदी किनारलाई प्रदूषणमुक्त बनाउन र जलचरहरूको बासस्थान संरक्षण गर्न यो कदम चालिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै ग्रीन आर्मी नेपालका संयोजक जनार्दन ढकालले वातावरण संरक्षणमा युवा र विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। कार्यक्रममा बोल्दै ग्रीनल्याण्ड पब्लिक स्कुलका शिक्षकमिलन न्यौपानेलेविद्यार्थीहरूमा सानैदेखि वातावरण संरक्षणको भावना विकास गर्न यस्ता कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गरे। सहभागी संस्थाहरूले पनि भविष्यमा यस्ता सामाजिक र वातावरणीय कार्यमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
पृथ्वीलाई प्लास्टिकजन्य प्रदूषणबाट बचाउन र भावी पुस्ताका लागि सुरक्षित बनाउन स्थानीय स्तरबाटै यस्ता पहल हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 19, 2026
May 19, 2026
May 19, 2026
May 19, 2026
May 15, 2026
May 14, 2026
May 13, 2026
May 13, 2026
May 13, 2026
May 13, 2026
May 19, 2026
May 19, 2026
May 19, 2026
May 19, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .