इ चितवन खबर
March 04, 2025
काठमाडौँ । बलिवुड निर्देशक एटली कुमारले आफ्नो आगामी फिल्मबाट बलिउडका सुपरस्टार सलमान खानलाई हटाएका छन् । एटलीले अब सलमान खानको सट्टा फिल्ममा अल्लु अर्जुनलाई कास्ट गर्ने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
रिपोर्ट अनुसार, सलमान खान निर्देशक एटली कुमारको आगामी फिल्ममा देखिने छैनन् । सलमान खानका अघिल्ला फिल्महरूको बक्स अफिसमा खराब प्रदर्शनका कारण एटली कुमारले यो निर्णय लिएको बताइएको छ । निर्देशकले यो फिल्म सलमान खान र रजनीकान्तलाई लिएर बनाउन चाहन्थे तर अब उनले सलमान खानको सट्टा अल्लु अर्जुनलाई फिल्ममा कास्ट गरेका छन् र अर्को अभिनेता खोजिरहेका छन् ।
यो फिल्म सन पिक्चर्सले निर्माण गर्नेछ र यो ६०० करोड रुपैयाँको बजेटमा बन्ने भएको छ । यो एक्सनले भरिपूर्ण फिल्म पुनर्जन्मको विषयमा आधारित हुनेछ । जसमा तीन अभिनेत्रीहरू देखिनेछन् । यो फिल्ममा जान्हवी कपूर पनि काम गर्न सक्ने बताइएको छ, तर जान्हवीको नाम अहिलेसम्म आधिकारिक रूपमा घोषणा गरिएको छैन । फिल्मको छायांकन वर्षको अन्त्यसम्ममा सुरु हुने अपेक्षा गरिएको छ । हाल यस फिल्मको पोस्ट प्रोडक्सनको काम चलिरहेको छ ।
सलमान खानको नयाँ फिल्म सिकंदर इदको अवसरमा रिलिज हुदै छ । यो फिल्मलाई प्रसिद्ध साउथ निर्देशक ए.आर. मुरुगादोसले निर्देशन गरेका छन् । फिल्ममा रश्मिका मन्डाना, काजल अग्रवाल, सत्यराज, शर्मन जोशी र प्रतीक बब्बर लगायतका कलाकारको अभिनय रहेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
January 16, 2026
January 09, 2026
January 09, 2026
January 08, 2026
December 14, 2025
November 12, 2025
October 31, 2025
October 28, 2025
October 28, 2025
October 25, 2025
January 23, 2026
January 22, 2026
January 21, 2026
January 21, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .