दाङको कार्यक्रम रोकिएपछि दुर्गेशले भने- उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो !

इ चितवन खबर

March 04, 2025

काठमाडौँ । गायक दुर्गेश थापाले दाङमा आफ्नो कार्यक्रम रोकिएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।  दुर्गेशले दाङमा आयोजना हुने भनिएको कार्यक्रम रोकिएको भन्दै केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले कार्यक्रम रोकिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।


उनले भनेका छन्- ‘यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो- केही व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन् । कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ । उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो । हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ !'


दुर्गेशले दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा दुःख लागेको उल्लेख गरेका छन् ।  उनले दुर्गेश थापा नाम नभइ ब्राण्ड भएको समेत पोष्टमा दाबी गरेका छन्।


दुर्गेशले लेखेका छन्: 

कहिलेकाही जिन्दगीले सोचेजस्तो हुँदैन भन्ने पाठ त पहिल्यै सिकेको थिएँ, तर यसपालि त्यो अझ गहिरिएर अनुभूति गरे । म दाङका प्रिय दर्शक भगवानको दर्शन गर्न, मनभरि माया साट्न र आफ्ना प्रस्तुति मार्फत हजुरहरूलाई मनोरञ्जन दिन अत्यन्त उत्साहित थिएँ । तर, एउटा दुर्भाग्यपूर्ण मोड आयो। अचानक महोत्सव हुन नदिने निर्णयको खबर फैलियो । मेरो भगवानरूपी दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा मन रोयो ।


कलाकार भनेको एउटा परिवार हो। दर्शकको माया नै कलाकारको उर्जा हो । तर केहि कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले मलाई हजुरहरू माझ उपस्थित हुन दिएन ।

यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो— केही व्यक्तिहरू कलाकारिता भन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन् । कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेना भनेर लेख्न भ्याउनु भएछ । उहाँलाई मेरो बधाई! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो।
हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ !


तर एक कुरा नबिर्सनुहोस्— हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला, तर दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलालले मेटाउन सक्दैन ! मलाई हेलिकप्टर चढ्ने या देखाउने रहर छैन।


मेरो मात्र एउटा रहर छ— नेपालका हरेक कुनामा पुगेर आफ्ना दर्शकहरूसँग भेट्नु, माया साट्नु, र आफ्नो प्रस्तुति दिनु । नेपालका मेलाहरूमा मेरो नाम काट्न लागिपरेका आदरणीय दिदी तथा मित्रहरू, हजुरहरू मेरो नाम काट्दै जानुस्, म मेरो नामको ब्रान्ड बनाउँदै जान्छु ! दर्शकको अपार माया, हजारौको भीड, अनगिन्ती अवसरहरू— यी सबै देखेर जल्नेहरू जल्दै रहुन् ! किनभने जबसम्म मेरो शिरमा दर्शकको आशीर्वाद छ, जबसम्म मेरो लागि दर्शकहरुको माया छ, तबसम्म मलाई कसैले हल्लाउन सक्दैन !


दुश्मनहरूलाई एक मात्र जवाफ— दुस्मन हेरेको हेरै ! त्यसैले "दुर्गेश थापा नाम हैन ब्राण्ड हो ब्राण्ड "


# चितवन खबर # मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 09, 2026

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

February 02, 2026

मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता

January 09, 2026

बढ्दो उमेरले अनुभवी बनाएको छ : अभिनेत्री बसुन्धरा भुसाल

December 14, 2025

वरिष्ठ गायक आनन्द कार्की भारतको शान्तिवनमा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित

October 25, 2025

बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण

October 19, 2025

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक

October 12, 2025

दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार

October 09, 2025

कस्तो छ दसैँका अवसरमा प्रदर्शनरत तीन चलचित्रको व्यापार ?

October 01, 2025

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

July 15, 2025

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .