नेपाल चलचित्र कलाकार संघले कलाकारलाई सम्मान तथा पुरस्कृत गरिने

इ चितवन खबर

March 05, 2025

काठमाडौँ। नेपाल चलचित्र कलाकार संघले आगामी चैत ४ गते विभिन्न कलाकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । संघको हालै बसेको बैठकले कलाकारितामा योगदान पुयाउनु भएका आग्रजलाई सम्मान तथा नवप्रतिभालाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गर्ने निर्णय गरेको संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपाली चलचित्रमा अभिनय गरेर लामो समय निरन्तर योगदान पुयाएका कलाकारको योगदानको कदर गर्न अभिनेत्री बसुन्धरा भुसाल अध्यक्ष रहँदा विसं २०५५ मा उक्त पुरस्कार स्थापना गरिएको थियो । 


“संघको साधारणसभाको सन्दर्भ पारेर पुरस्कार प्रदान गर्ने गरेका छौँ । यसवर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै सम्मान तथा पुरस्कार प्रदान गर्दैछौँ । कलाकारको हकहितको सुरक्षासँगै कामको प्रसंशासहित प्रोत्साहनका लागि पुरस्कार र सम्मान प्रदान गर्न प्रचलन छ”, अध्यक्ष निरौलाले भन्नुभयो । 


उहाँले ‘नेपाल चलचित्र कलाकार सङ्घ पुरस्कार’ केही वर्ष रोकिएकाले सम्पूर्ण पुरस्कार एकैपटक प्रदान गर्न लागिएको जानकारी दिनुभयो । अध्यक्ष निरौलाका अनुसार विसं २०७८ को पुरस्कार अभिनेता मुकुन्द किशोर भट्टराईलाई, विसं २०७९ को पुरस्कार अभिनेता तथा निर्देशक लय सङ्ग्रौलालाई, विसं २०८० को पुरस्कार अभिनेता पुरण जोशीलाई प्रदान गर्न लागिएको छ । उहाहरुलाई रु ७५ हजारसहित सम्मान गरिने छ । 


यस्तै, ‘शान्ति मास्के स्मृति पुरस्कार’ विसं २०८० अभिनेत्री गौरी मल्ल प्रदान गरिने संघले जनाएको छ । यसको पुरस्कार राशि ५६ हजार रहेको छ । रु १० हजार राशिको स्व. गोपाल राउत स्मृति पुरस्कार कालाकार रामकाजी घिमिरेलाई प्रदान गरिने छ । यसका साथै सङ्घलाई सहयोग गरेवापत बर्सेनि प्रदान गर्ने ‘सम्मान’ अभिनेता धीरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाहलाई प्रदान गर्न लागिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो । 


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

फिल्म ‘टीका’ को शुभमुहूर्त

May 15, 2026

वरिष्ठ लोक गायक बम बहादुर कार्कीको ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक

May 10, 2026

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

May 02, 2026

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 09, 2026

फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

March 17, 2026

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

February 02, 2026

‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

January 16, 2026

‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’ : अभिनेता मल्ल

January 09, 2026

मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता

January 09, 2026

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

January 08, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .