नेपाल चलचित्र कलाकार संघले कलाकारलाई सम्मान तथा पुरस्कृत गरिने

इ चितवन खबर

March 05, 2025

काठमाडौँ। नेपाल चलचित्र कलाकार संघले आगामी चैत ४ गते विभिन्न कलाकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । संघको हालै बसेको बैठकले कलाकारितामा योगदान पुयाउनु भएका आग्रजलाई सम्मान तथा नवप्रतिभालाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गर्ने निर्णय गरेको संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपाली चलचित्रमा अभिनय गरेर लामो समय निरन्तर योगदान पुयाएका कलाकारको योगदानको कदर गर्न अभिनेत्री बसुन्धरा भुसाल अध्यक्ष रहँदा विसं २०५५ मा उक्त पुरस्कार स्थापना गरिएको थियो । 


“संघको साधारणसभाको सन्दर्भ पारेर पुरस्कार प्रदान गर्ने गरेका छौँ । यसवर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै सम्मान तथा पुरस्कार प्रदान गर्दैछौँ । कलाकारको हकहितको सुरक्षासँगै कामको प्रसंशासहित प्रोत्साहनका लागि पुरस्कार र सम्मान प्रदान गर्न प्रचलन छ”, अध्यक्ष निरौलाले भन्नुभयो । 


उहाँले ‘नेपाल चलचित्र कलाकार सङ्घ पुरस्कार’ केही वर्ष रोकिएकाले सम्पूर्ण पुरस्कार एकैपटक प्रदान गर्न लागिएको जानकारी दिनुभयो । अध्यक्ष निरौलाका अनुसार विसं २०७८ को पुरस्कार अभिनेता मुकुन्द किशोर भट्टराईलाई, विसं २०७९ को पुरस्कार अभिनेता तथा निर्देशक लय सङ्ग्रौलालाई, विसं २०८० को पुरस्कार अभिनेता पुरण जोशीलाई प्रदान गर्न लागिएको छ । उहाहरुलाई रु ७५ हजारसहित सम्मान गरिने छ । 


यस्तै, ‘शान्ति मास्के स्मृति पुरस्कार’ विसं २०८० अभिनेत्री गौरी मल्ल प्रदान गरिने संघले जनाएको छ । यसको पुरस्कार राशि ५६ हजार रहेको छ । रु १० हजार राशिको स्व. गोपाल राउत स्मृति पुरस्कार कालाकार रामकाजी घिमिरेलाई प्रदान गरिने छ । यसका साथै सङ्घलाई सहयोग गरेवापत बर्सेनि प्रदान गर्ने ‘सम्मान’ अभिनेता धीरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाहलाई प्रदान गर्न लागिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो । 


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .