इ चितवन खबर
March 09, 2025
चितवन। लायन्स क्लब अफ चितवन न्यू भोइसेसले ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ज्येष्ठ नागरिक आमाहरूलाई सम्मान गरेको छ। लायन्स क्लब अफ चितवन न्यू भोइसेसले बोर्डका पदाधिकारी लगायत सदस्यहरूका १८ जना आमा र सासुआमाहरू दोसल्ला ओढाएर सम्मान गरेको हो।
लायन्स क्लब अफ चितवन न्यू भोइसेसकी अध्यक्ष ला.सरिता श्रेष्ठले ‘आफ्ना जन्मदातालाई आज मात्रै होइन, सधैँ सम्मान र हेरचाह दिन सके मात्र उहाँहरूको सच्चा सम्मान हुन्छ,’ आमाहरूलाई सम्मान गर्न पाएकोमा खुसी छौँ ।’
कार्यक्रममा प्रमुख अतिथि प्रविना श्रेष्ठ , विशिष्ट अतिथिहरु जिल्ला उप-प्रमुख ला. बन्दना पिया, प्रदेश अध्यक्ष MJF ला. सीता पौडेल, जोन अध्यक्ष MJF ला.चाहना पिया, पूर्व अध्यक्ष ला.सरिता महर्जन , पूर्व अध्यक्ष ला. सप्त खान र बोर्डका पदाधिकारी लगायत सदस्यहरुले आमाहरूको प्रशंसा गरेका थिए।
लायन्स क्लब अफ चितवन न्यू भोइसेसकी अध्यक्ष ला.सरिता श्रेष्ठ अध्यक्षतामा भएको कार्यक्रम संयोजक ला.निरा श्रेष्ठ ले गर्नु भएको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 26, 2025
April 26, 2025
April 24, 2025
April 24, 2025
April 24, 2025
April 24, 2025
April 24, 2025
April 24, 2025
April 23, 2025
April 23, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .