असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

इ चितवन खबर

September 22, 2026

काठमाडौँ । बागमती प्रदेश सरकार, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आगामी असोज ९ देखि ११ गतेसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

    
मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी र पूर्वतयारी अपनाउन अनुरोध समेत गरेको हो ।

     
नेपाल मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना छ ।

    
मन्त्रालयका अनुसार भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढने तथा आकस्मिक बाढी, पहिरो र डुबान हुनसक्ने जोखिम  छ । 


वर्षाका कारण सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ । 

    
मन्त्रालयले नदी तथा खोला किनार, पहिरो जोखिम भएका भूभाग, भिरालो जमिन र डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

     
जोखिमको सङ्केत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न सुझाव दिइएको छ ।


त्यस्तै अति आवश्यक अवस्थामा बाहेक लामो दूरी तथा रात्रीको समयमा यात्रा नगर्न, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । 

    
पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात र अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न समेत अनुरोध गरिएको छ । 
    

प्रदेश सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन निर्देशन दिइएको छ । 


जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी मिलाउन पनि भनिएको छ । 

    
मन्त्रालयले नेपाल मौसम विज्ञान विभाग, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनी नियमित रूपमा हेर्न तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न सबैमा अनुरोध गरेको छ ।

    
वर्षा तथा बाढीबारे आवश्यक जानकारी लिन ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल, नेपालको १११४ नम्बर तथा मन्त्रालयगत विपद् सम्पर्क व्यक्तिको मोबाइल नम्बर ९७६९७६१२१४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले आधिकारिक सूचनालाई मात्र आधार बनाउन र अफवाहमा विश्वास नगर्नसमेत प्रदेशवासीलाई आग्रह गरेको छ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

“लुलु लेडिज ब्यूटी पार्लर” को नारायणघाट शाखा सञ्चालनमा

September 22, 2026

चौबिसकोठीमा आधा घण्टा प्रदर्शन

September 22, 2026

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

September 22, 2026

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

September 22, 2026

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

September 22, 2026

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

September 18, 2026

लुलु लेडिज ब्यूटी पार्लरको शहिदचोक शाखा असोज ५ गतेदेखि सञ्चालनमा

September 18, 2026

भोटेकोशी बाढीपीडितका लागि नेपाल युवा रेडक्रस सर्कल ओम शान्ति एकेडेमीको रु. १ लाख १ हजार ४६० रकम सहयोग

September 18, 2026

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

September 18, 2026

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

September 17, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .