झिल्को’ फिल्मको टिजर सार्वजनिक, डिजिटल लतको कथा

इ चितवन खबर

March 11, 2025

काठमाडौं । फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ। झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मको बिहीबार सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई उजागर गरेको छ। टिजरमा मोबाइलले बालबालिकामा परेको असर चित्रण गरिएको देखिन्छ ।


टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ। यसमा मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा झल्किन्छ।


निर्देशक भट्टराईले यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित फिल्महरू निर्देशन गर्दै आएका छन् । ‘झोला’ मा सती प्रथा र 'भोर'मा दाइजो प्रथामा सामाजिक कथा देखाए झैं 'झिल्को' मा अहिलेको समयमा प्रविधिको सामाजिक विस्तारिकरण र यसले पार्ने प्रभावको कथा प्रस्तुत गरिएको फिल्ममा आयुषि ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा,  जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय देख्न सकिन्छ ।


दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवरको कलर र साउण्ड मिक्सिङ उत्तम न्यौपानेको रहेको 'झिल्को' को कथा र पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन् । फिल्ममा आनन्द अधिकारीको गीत चण्डीप्रसाद काफ्ले र दिपक शर्माको संगीत शिव परियार, निशा देशार र सहिमा श्रेष्ठको स्वर रहेको छ। मिडिया फर कल्चर प्रा लिको प्रस्तुति र जनता टिभिले निर्माण सहकार्य गरेको चलचित्र ‘झिल्को’ आगामी वैशाख १९ गते रिलिज हुँदैछ ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

फिल्म ‘टीका’ को शुभमुहूर्त

May 15, 2026

वरिष्ठ लोक गायक बम बहादुर कार्कीको ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक

May 10, 2026

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

May 02, 2026

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 09, 2026

फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

March 17, 2026

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

February 02, 2026

‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

January 16, 2026

‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’ : अभिनेता मल्ल

January 09, 2026

मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता

January 09, 2026

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

January 08, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .