इ चितवन खबर
March 15, 2025
काठमाडौँ । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर भारतीय सिनेमामा इन्ट्री गरेका छन् । ३८ बर्षिय वार्नरले यो जानकारी आफैंले सार्बजनिक गरेका हुन् । वार्नरले तेलुगु फिल्म 'रोबिन हुड' बाट डेब्यू गर्न लागेका छन्।
वार्नरले लेखेका छन्, 'भारतीय सिनेमा, म आउँदैछु । सुटिङ गर्दा धेरै रमाइलो भयो । रबिन हुडको हिस्सा हुन पाउँदा म धेरै खुसी छु ।'
शनिबार, फिल्म निर्माताहरूले डेभिड वार्नरको एउटा पोस्टर सेयर गरेर उनलाई स्वागत गरेका थिए । जसमा लेखिएको थियो, 'बाउन्ड्रीदेखि बक्स अफिससम्म, डेभिड वार्नरलाई भारतीय सिनेमामा स्वागत छ ।' फिल्ममा मुख्य भूमिका निर्वाह गरिरहेका तेलुगु अभिनेता नितिनले पोस्टमा लेखेका छन्, 'ब्याटिङदेखि सुटिङसम्म, क्रिकेट मैदानदेखि फिल्म क्षेत्रसम्म । स्वागत छ भाइ डेभिड वार्नर ।'
यो फिल्म मार्च २८ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ । यो फिल्मलाई भेन्की कुडुमुलाले निर्देशन गरेका हुन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
February 02, 2026
January 16, 2026
January 09, 2026
January 09, 2026
January 08, 2026
December 14, 2025
November 12, 2025
October 31, 2025
October 28, 2025
October 28, 2025
February 19, 2026
February 19, 2026
February 19, 2026
February 19, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .