हरिप फ्याउरा र सरिप बाघ

✍🏻 बिष्णु सुबेदी

इ चितवन खबर

March 15, 2025

एकपटकको कुरा हो फ्याउराहरु जम्मा भएर खुसुक्क पछाडीबाट हमला गरी झुक्काएर बाघको शिकार गर्न भनी जम्मा भई आएछन्।एकहप्ता अघिबाटै फ्याउराहरुको तयारी गरेको सुँईको पाएको हुनाले र त्यो दिन पनि फ्याउराहरु  घरी यता घरी उता गरेको देखेको हुनाले बाघले चाल पाएछ ।ल ठिक छ,आज यिनको पनि  रमिता हेर्नु पर्यो को कताबाट खटिई आएको रहेछ भन्ने बिचार गरेछ। ए! फ्याउराहरु हो! मलाई तिमीहरुले पछाडीबाट त आँट्न पनि कोशिस गर्न सकेनौ । अगाडीबाटै आँटनको लागि तिमीहरु खोक्रो रहेछौ बरु मलाई तिमीहरुको मुखियाकोमा लैजाओ,उसलाई मेरो मासु खान मन लागेको होला।मानौं त्यो शिकारी नै रहेछ भने म भिडौँला र त्यसलाई आँफै आफ्नै छाती चिरेर मेरो मुटु,कलेजो निकालेर खुवाँउला। 


यति भनेर बाघले फ्याउराको एक हुल अगाडी लगाएर आँफू चुपचाप तिनलाई पछ्याउँदै पछिपछि लागेछ। फ्याउराको मुखियाले पक्कै पनि फ्याउराले  बाघलाई लुछेर घायल पारे भन्नेे सोचेर खुसीले गदगद भएछ।स्यावास! केटा हो ।
चुपचाप रमिता हेरीरहेको बाघलाई देखेर उत्ताउलो झापाली बुद्दि लगाएछ।अलिक बुद्धी भएको र रुपले भुत्लैभत्लाको मान्छे जस्तै देखिने  मुखियाले बाघलाई भनेछ तलाई यहाँ आउन डर लागेन ? हामी सबैलाई थाहा छ तलाँई कताबाट हमला गर्नुपर्छ भनेर ।


बल्न्डर!अब म तँलाई सिङ्गो चपाईदिन्छु तर आज‌ मलाई हतार छ तिमीहरु सबै जाओ अब काम हुन्छ।


पाँच सात दिन पछि मुखियालाई अर्को जुक्ति लगाएछ र चिठी लेखेर पठाएछ। प्रिय बाघ तिम्रो र मेरो फ्याउराको हुलमा के टकराव आयो र उनीहरु शिकारमा किन त्यसरी अलमलिए ?मैले त यसरी आफ्नै शिकार हुदाँ लाटो भई बसेको जनावर देख्या थिईन ।तिमीमा किन कत्ति डर छैन?तिमीलाई कति ठाउँमा लुछे?मलाई लेखी पठाउ भनी मन चोर्ने चिठी लेखेर पठाएछ।


बाघलाई फ्याउराको मुखियाले आफ्नो भन्दा फ्याउराको हुलको चिन्ता गरेको देखेर  माया लागेर आएछ। बाघले लेखिपठाएछ-शिकार गर्ने शिकारीलाई कुन ठाँउ ,कस्को र कति बेला भन्ने पुर्ण जानाकारी हुनुपर्छ।नत्र शिकारीलाई शिकारले नै दया गर्नुपर्ने स्थिति आउन सक्छ।जब सम्म म सत्यतामा टेकेर र नियमसङ्गत भएर पुरा दिमागले सोचेर काम  गर्छु तबसम्म पुरा सँसार आए पनि मलाई लुछ्न सक्दैन।फ्याउराहरु पुरानो अनुभवमा शिकार गर्न आए र म सँग उनीहरुको घेरा तोड्ने बुद्दी थियो । बरु तपाई मुखिया नै बन्ने भए यस्ता सुईखुत्ते चम्चे फ्याउराहरुको साहारा लिएर बेबकुफ बनेर आफ्नै निदहराम नगर्नु भनेर लेखिपठाएछ।बरु आँटी सकेको शिकारको  सम्झना स्वरुप अलिकति सुकेको मयल र झरेका नङ्ग्रा र आफ्नै बिष्टाको चट्नी बनाई कोशेली सम्झना स्वरुप पठाई दिएछ । 

१५ दिनपछि फ्याउराको मुखियाले‌ बाघको चिठी र कोशेली हात परेपछि बाघलाई भनेछ -

प्रिय बाघ मैले तिमीले पठाएको कोशेली पाँए ।अरु सबै ठीक छ अलिकति नुन चर्को भएछ।म प्रेसरको रोगी अर्को पटक नुन कम गर्नु ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

April 16, 2026

देश विकासको लागि जग्गा जमिनको राष्ट्रियकरण

April 15, 2026

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

April 14, 2026

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति

April 14, 2026

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

April 13, 2026

अस्पताल सेवा सुधार कार्यविधि जारी

April 12, 2026

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

April 12, 2026

काठमाडौँ महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

April 12, 2026

लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

April 11, 2026

संविधानको भावना र जनचाहना बमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

April 10, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .