इ चितवन खबर
March 17, 2025
काठमाडौँ । साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म 'पुष्पा २ द रुल' ले भारतसँगै विश्वव्यापी रूपमा पनि धेरै कमाई गर्यो । यो फिल्म २०२१ मा रिलिज भएको फिल्म 'पुष्पा: द राइज' को सिक्वेल थियो, जसलाई दर्शकले मन पराएका थिए । यो फिल्मको ब्लकबस्टर सफलता पछि, अब दर्शकहरू यसको तेस्रो भागको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् ।
अब, 'पुष्पा ३' को बारेमा रोचक जानकारी बाहिर आएको छ। ब्लकबस्टर एक्सन ड्रामा 'पुष्पा ३' को तेस्रो सिरिज आउने निश्चित भएको हो । 'रोबिन हुड' को प्रमोशनल कार्यक्रमको क्रममा, निर्माता रविशंकरले पुष्पा ३ को बारेमा अपडेट साझा गर्दै यसको रिलीजको घोषणा गरेका छन् । उनले ‘पुष्पा ३’ २०२८ मा रिलिज हुने बताए । यो अपडेट 'पुष्पा २: द रुल' को सफलता पछि आएको हो, जसले विश्वव्यापी रूपमा १६५० करोड भारु भन्दा बढी कमाएको थियो र दंगल र बाहुबली २ पछि तेस्रो सबैभन्दा ठूलो भारतीय फिल्म बनेको थियो ।
राम चरणसँगको आफ्नो हालको परियोजना पूरा गर्ने बित्तिकै निर्देशक सुकुमारले पुष्पा ३ मा काम सुरु गर्ने बताइएको छ । अर्कोतर्फ, अल्लु अर्जुनले एटली, त्रिविक्रम र अन्यसँग आफ्नो फिल्महरू पूरा गर्नेछन् । पुष्पा सिरिजमा अल्लु अर्जुनका अलवा रश्मिका मन्डन्ना, फहद फासिल, जगपति बाबु, सुनिल लगायतको भूमिका रहेको छ र फिल्मलाई मिथ्री मुभी मेकर्सले निर्माण गरेको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
February 02, 2026
January 16, 2026
January 09, 2026
January 09, 2026
January 08, 2026
December 14, 2025
November 12, 2025
October 31, 2025
October 28, 2025
October 28, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .