चितवनमा अन्य समयमा भन्दा साँझ बढी दुर्घटना

इ चितवन खबर

February 25, 2025

चितवन । जिल्लामा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन् । त्यसमा बेलुका ६ देखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका हुन् । यस अवधिमा दुई सय १७ दुर्घटना भएका छन् ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गायत्रीराज शर्माका अनुसार राति १२ बजेदेखि बिहान ६ बजेसम्म ३६, बिहान ६ देखि दिउँसो १२ बजेसम्म ९१ र दिउँसो १२ देखि बेलुका ६ बजेसम्म एक सय ६४ दुर्घटना भएका छन् ।चालु आर्थिक वर्षको छ महिनामा भएका दुर्घटनामा ७० जनाको मृत्यु भएको छ भने एक सय १० जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सात सय ७२ सवारीसाधन संलग्न देखिन्छन् । चालू आवको सुरूको चार महिनामा दुई सय ६१ दुर्घटना भएका थिए । पछिल्लो दुई महिनामा मात्रै दुई सय ४७ दुर्घटना भएको तथ्याङ्कले देखाएको छ ।

 

शर्माका अनुसार साँझको समयमा सवारी साधनको बत्ती, सडक बत्ती नियमानुसार नहुँदा दुर्घटना बढी हुने गरेका छन् । यस्तै मादक पदार्थको सेवन गरी सवारीसाधन सञ्चालन गर्ने र साँझको समयमा सहरी क्षेत्रमा सवारीसाधनको चाप उच्च हुने भएकाले पनि दुर्घटना बढी हुने गरेको उनको भनाइ छ ।

 

जिल्लामा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्युदर भने कमी देखिन्छ । पहिलो चौमासिकमा दुर्घटनाबाट ५६ जनाको मृत्यु भएको थियो । पछिल्लो दुई महिनामा दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । शर्माका अनुसार दुर्घटनाबाट चालू आवको साउनमा १०, भदौमा पाँच, असोजमा १३, कात्तिकमा १८, मङ्सिरमा १०, पुसमा सात र माघमा सात जनाको मृत्यु भएको छ ।
सवारी साधनको दुर्घटनाबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक सय १५ जनाको मृत्यु भएको थियो भने आव २०७८/७९ मा एक सय ४० र आव २०७९/८० मा ७८ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्क छ ।

 

जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न गतिविधि गर्दै आएको उनले बताए । उनले भने, “दुर्घटना न्यूनीकरण गर्न ‘एक विद्यालय, एक ट्राफिक शिक्षक’को अवधारणाअन्तर्गत प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।” ट्राफिक प्रहरीले शिक्षकलाई तालिम दिने र तालिम प्राप्त शिक्षकले विद्यार्थीलाई ट्राफिक शिक्षा दिने गरिएको छ । ट्राफिक शिक्षाका लागि ट्राफिक प्रहरी कार्यालयले शिक्षकलाई आवश्यक सामग्री पनि प्रदान गर्दै आएको छ ।

 

दुर्घटना न्यूनीकरणकै लागि आँपटारीमा ट्राफिक ‘रिफ्रेस सेन्टर’को स्थापना गरिएको छ भने समय समयम छड्के जाँचलाई तीव्रता दिइएको उनको भनाइ छ । शर्माले भने, “दुर्घटना न्यूनीकरणका लागि सबै लाग्नुपर्छ ।”


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

September 22, 2026

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

September 22, 2026

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

September 18, 2026

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

September 17, 2026

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

September 17, 2026

आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

September 14, 2026

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

September 13, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

September 13, 2026

कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

September 12, 2026

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

September 12, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .