चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

इ चितवन खबर

March 19, 2025

चितवन। नेपाली गजलको प्रवर्द्धन गर्ने तथा सर्जकहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले ‘गजल मञ्च चितवन’ ले आयोजना गर्दै आएको ‘गजल सँग’ कार्यक्रमको १०औँ शृङ्खला यही चैत ९ गते शनिबार हुने भएको छ । कार्यक्रम दिउँसो १ बजे, भरतपुर- ८ शरदपुरस्थित होटल काव्या इनमा आयोजना गरिनेछ ।


गजल मञ्च चितवनले लामो समयदेखि गजल साधकहरूलाई एकत्रित गर्ने काम गर्दै आएको छ । यसपटकको शृङ्खलामा विभिन्न स्थानबाट स्थापित र उदाउँदा गजलकारहरूको विशेष प्रस्तुति रहनेछ । प्रमुख सहभागी गजलकारहरूमा गुल्मीका प्राञ्जल, हेटौंडाका सागर तिमिल्सिना, जाजरकोटका प्रकाश किरण र चितवनकी सरला जोशी रहेका छन् ।


कार्यक्रममा ४ जना गजलकारले आफ्ना उत्कृष्ट गजल प्रस्तुत गर्नेछन्, जसले नेपाली गजल साधना र श्रवण संस्कृतिलाई अझ प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासका अनुसार गजल मञ्च चितवनले आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनेछ । साहित्यप्रेमी, गजल अनुरागी तथा सर्जकहरूलाई कार्यक्रममा उपस्थित भई गजलको भाव र सौन्दर्यमा रमाउन अध्यक्ष अनायासले सबैलाई अनुरोध गरेका छन् ।

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत

April 26, 2025

नेपालमा कति छन् विद्यालय ?

April 26, 2025

विश्व हिन्दु महासंघको संरक्षकमा बास्तोलाको मनोनयन

April 24, 2025

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

April 24, 2025

‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’

April 24, 2025

लमजुङको बाहुनडाँडास्थित सोह्रौँ शताब्दीको देवीको मन्दिर पुनर्निर्माण

April 24, 2025

आज बढ्यो सुन चाँदीको भाउ २ सय रुपैयाँले बढ्याे, कतिमा हुँदैछ कारोबार ?

April 24, 2025

एमालेले आज काठमाडौंमा युवा महोत्सव गर्दै

April 24, 2025

युुएइका उपप्रधानमन्त्री सँग ओलीले भने, ‘नेपालमा लगानी गराउनुहाेस्'

April 23, 2025

निराश हुनु पर्दैन, २०८४ मा एमाले निर्णायक शक्ति भएर आऊँछ : प्रधानमन्त्री केपी शर्मा ओली

April 23, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .