इ चितवन खबर
March 19, 2025
चितवन। नेपाली गजलको प्रवर्द्धन गर्ने तथा सर्जकहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले ‘गजल मञ्च चितवन’ ले आयोजना गर्दै आएको ‘गजल सँग’ कार्यक्रमको १०औँ शृङ्खला यही चैत ९ गते शनिबार हुने भएको छ । कार्यक्रम दिउँसो १ बजे, भरतपुर- ८ शरदपुरस्थित होटल काव्या इनमा आयोजना गरिनेछ ।
गजल मञ्च चितवनले लामो समयदेखि गजल साधकहरूलाई एकत्रित गर्ने काम गर्दै आएको छ । यसपटकको शृङ्खलामा विभिन्न स्थानबाट स्थापित र उदाउँदा गजलकारहरूको विशेष प्रस्तुति रहनेछ । प्रमुख सहभागी गजलकारहरूमा गुल्मीका प्राञ्जल, हेटौंडाका सागर तिमिल्सिना, जाजरकोटका प्रकाश किरण र चितवनकी सरला जोशी रहेका छन् ।
कार्यक्रममा ४ जना गजलकारले आफ्ना उत्कृष्ट गजल प्रस्तुत गर्नेछन्, जसले नेपाली गजल साधना र श्रवण संस्कृतिलाई अझ प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासका अनुसार गजल मञ्च चितवनले आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनेछ । साहित्यप्रेमी, गजल अनुरागी तथा सर्जकहरूलाई कार्यक्रममा उपस्थित भई गजलको भाव र सौन्दर्यमा रमाउन अध्यक्ष अनायासले सबैलाई अनुरोध गरेका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
March 14, 2026
March 14, 2026
March 14, 2026
March 14, 2026
March 13, 2026
March 13, 2026
March 13, 2026
March 12, 2026
March 12, 2026
March 12, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .