इ चितवन खबर
March 20, 2025
गैंडाकोट । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा स्माईल डेण्टल अमरापुरी ,लायन्स क्लब अफ गैंडाकोट वेष्ट सिटी र मिस्टिक होलिडेजको संयुक्त आयोजनामा ५.५ किलोमिटर खुला म्याराथन प्रतियोगिता स्माईल डेण्टल अमरापुरीमा सम्पन्न भएको छ ।
बिहान ८:३० बजे सुरु भएको उक्त प्रतियोगितामा पुरुषतर्फ पुरानो मेडिकल कलेजमा MBBS अध्ययनरत विद्यार्थी डम्बर भण्डारीले निधार्रित दुरीमा (२३ मिनेट) प्रथम स्थान, ईमरान गुरुङ्ग (२७ मिनेट) दोश्रो स्थान र जगत थापा (२८मिनेट) तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए।त्यस्तै गरी उक्त म्याराथनमा महिला तर्फ कमला सापकोटा ( ४३ मिनेट) प्रथम स्थान प्रतिमा श्रेष्ठ (४७ मिनेट) दोस्रो स्थान, सुनिता रिजाल (४८ मिनेट) तेस्रो स्थानमा सफल भएका थिए।बिजेताहरु सबैलाई नगद ,मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो भने प्रतियोगी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा ट्राफिक व्यवस्थापन र सहजीकरणको जिम्मा ट्राफिक प्रहरी कार्यालय बेल्डिहालाई दिईएको थियो।
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
March 15, 2026
March 15, 2026
March 15, 2026
March 15, 2026
March 15, 2026
March 14, 2026
March 14, 2026
March 14, 2026
March 14, 2026
March 14, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .