कृषा चौलागाई निर्देशित चलचित्र 'पिताम्बर' चैत्र २९ मा प्रदर्शन हुने

इ चितवन खबर

March 20, 2025

काठमाडौँ । कृषा चौलागाई निर्देशित चलचित्र ‘पिताम्बर’ चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउने भएको छ ।चलचित्र ‘एैचो पैचो’ पछि उनले निर्देशन गरेको यो दोश्रो चलचित्र हो। ‘पिताम्बर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक कृषाले बताउँदै आएकी छन् ।

 

'पिताम्बर’ स्टार कलाकारहरूको बलियो लाइनअप भएको सिनेमा हो । सिनेमामा सौगात, प्रदीप र दयाहाङसँगै दिव्या रायमाझि, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । 

 

केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन् । सिनेमाको निर्मातामा विशाल चौलागाई छन् । प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्धन्द्व निर्देशन रहेको सिनेमालाई निर्देशक कृषाले लार्ज स्केल बनाएकी छन् । यसअघि कृषाले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् । यो सिनेमाले दर्शक तथा समीक्षकबाट प्रसंशा पाएको थियो ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .