सुरक्षाका कारण देखाउँदै सिकिन्दरको ट्रेलर रिलिजमा सलमान नजाने

इ चितवन खबर

March 21, 2025

मुम्बइ । यति लामो समयपछि सलमान खानलाई ठूलो पर्दामा देख्दा उनका फ्यानहरु निकै उत्साहित हुनेछन् । अभिनेताको बहुप्रतिक्षित फिल्म सिकन्दर यस वर्षको इदको अवसरमा रिलिज हुँदैछ । चलचित्रको टिजर सार्वजनिक भएको छ, जसलाई दर्शकले निकै माया गरिरहेका छन ।


तर, दर्शकमा रहेको यो उत्साहका बीच फिल्मको प्रचारप्रसारमा केही ठूला परिवर्तन गरिएको छ । यसअघि  ‘सिकन्दर’ को प्रमोशनका लागि पुरा टिमले ३० हजार फ्यानसहित ट्रेलर सार्वजनिक गर्ने योजना बनाएको थियो तर अहिले परिवर्तन गरिएको छ ।

 

सलमान खानको फिल्म ‘सिकन्दर’ को ट्रेलर २३ वा २४ मार्चमा भव्य रुपमा रिलिज हुने थियो । तर, सुरक्षाका कारण अहिले यो योजना परिवर्तन गरिएको जनाइएको छ । अब सलमानले डिजिटल प्लेटफर्ममार्फत फिल्मको प्रमोशन गर्न लागेको बताइएको छ । यसको कारण सलमान खान सार्वजनिक रुपमा ठूलो संख्याका सामु देखिने छैनन ।

 

फिल्मको ट्रेलर पनि डिजिटल प्लेटफर्ममा भव्य रुपमा सार्वजनिक गरिने भएको छ । यो फिल्म मार्च ३० मा हलमा रिलिज हुँदैछ ।

 

पिंकभिलाको रिपोर्टका अनुसार सलमान खानको आवागमनमा धेरै प्रतिबन्ध लगाइएको छ, जसका कारण यो कार्यक्रम रद्द गरिएको छ । ट्रेलर सार्वजनिक भएपछि चलचित्रको अग्रिम बुकिङ सुरु हुनेछ । सबै समस्याका बाबजुद पनि सलमान आफ्ना फ्यानहरूसँग डिजिटल रूपमा जोडिने छन् । साथै, ट्रेलरको अन्तिम संस्करण लक भएको पनि रिपोर्टमा बताइएको छ । 
 

 


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .