सुरक्षाका कारण देखाउँदै सिकिन्दरको ट्रेलर रिलिजमा सलमान नजाने

इ चितवन खबर

March 21, 2025

मुम्बइ । यति लामो समयपछि सलमान खानलाई ठूलो पर्दामा देख्दा उनका फ्यानहरु निकै उत्साहित हुनेछन् । अभिनेताको बहुप्रतिक्षित फिल्म सिकन्दर यस वर्षको इदको अवसरमा रिलिज हुँदैछ । चलचित्रको टिजर सार्वजनिक भएको छ, जसलाई दर्शकले निकै माया गरिरहेका छन ।


तर, दर्शकमा रहेको यो उत्साहका बीच फिल्मको प्रचारप्रसारमा केही ठूला परिवर्तन गरिएको छ । यसअघि  ‘सिकन्दर’ को प्रमोशनका लागि पुरा टिमले ३० हजार फ्यानसहित ट्रेलर सार्वजनिक गर्ने योजना बनाएको थियो तर अहिले परिवर्तन गरिएको छ ।

 

सलमान खानको फिल्म ‘सिकन्दर’ को ट्रेलर २३ वा २४ मार्चमा भव्य रुपमा रिलिज हुने थियो । तर, सुरक्षाका कारण अहिले यो योजना परिवर्तन गरिएको जनाइएको छ । अब सलमानले डिजिटल प्लेटफर्ममार्फत फिल्मको प्रमोशन गर्न लागेको बताइएको छ । यसको कारण सलमान खान सार्वजनिक रुपमा ठूलो संख्याका सामु देखिने छैनन ।

 

फिल्मको ट्रेलर पनि डिजिटल प्लेटफर्ममा भव्य रुपमा सार्वजनिक गरिने भएको छ । यो फिल्म मार्च ३० मा हलमा रिलिज हुँदैछ ।

 

पिंकभिलाको रिपोर्टका अनुसार सलमान खानको आवागमनमा धेरै प्रतिबन्ध लगाइएको छ, जसका कारण यो कार्यक्रम रद्द गरिएको छ । ट्रेलर सार्वजनिक भएपछि चलचित्रको अग्रिम बुकिङ सुरु हुनेछ । सबै समस्याका बाबजुद पनि सलमान आफ्ना फ्यानहरूसँग डिजिटल रूपमा जोडिने छन् । साथै, ट्रेलरको अन्तिम संस्करण लक भएको पनि रिपोर्टमा बताइएको छ । 
 

 


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

फिल्म ‘टीका’ को शुभमुहूर्त

May 15, 2026

वरिष्ठ लोक गायक बम बहादुर कार्कीको ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक

May 10, 2026

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

May 02, 2026

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 09, 2026

फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

March 17, 2026

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

February 02, 2026

‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

January 16, 2026

‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’ : अभिनेता मल्ल

January 09, 2026

मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता

January 09, 2026

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

January 08, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .