इ चितवन खबर
March 22, 2025
काठमाडौं। निगम श्रेष्ठ निर्देशित फिल्म 'भाइरल गोर्खे' को टिजर सार्वजनिक भएको छ।
बुढासुब्बा युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा सौगात मल्लले टिकटकमा भाइरल बन्न गरेको प्रयासलाई देखाइएको छ।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ। विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको फिल्म सह-निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन्।
अमर महर्जनको सिनेमाटोग्राफी रहेको फिल्मलाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो। यो फिल्म जेठ ३० गतेदेखि प्रदर्शन हुनेछ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 21, 2025
April 21, 2025
April 21, 2025
April 17, 2025
April 15, 2025
April 15, 2025
April 11, 2025
April 05, 2025
April 03, 2025
April 03, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .