अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो

इ चितवन खबर

February 25, 2025

मुम्बइ। आमिर खान उत्कृष्ट फिल्मका लागि बलिउडसहित विश्वभरी नै परिचित छन् । केही समययता अभिनयको दुनियाँमा सक्रिय नभए पनि उनी चलचित्र निर्माण गर्ने भएकाले निर्माताका रुपमा भने सक्रिय नै रहेका छन् ।


केही समयअघि उनले निर्माण गरेको फिल्म ‘लाप्ता लेडीज’ ओस्कारका लागि पठाइएको थियो तर फिल्मले अवार्ड पाउन नसकेर दौडबाट बाहिरिएको थियो ।


आमिरको ‘लगान’ पनि ओस्कारका लागि पठाइयो तर यो फिल्म पनि अवार्ड जित्नबाट चुकेको थियो । योसँगै दुइ दुइ फिल्म ओस्कारका लागि सिफारिस भइसकेको छ । एेतिहासिक चलचित्र  ‘लगान’ को बारेमा धेरै कथाहरु मिडियामा घुमिरहन्छन् तर हालै एक कुराकानीको क्रममा आमिर खानले स्विट्जरल्याण्डमा यस फिल्मसँग सम्बन्धित एउटा घटना सुनाएका छन् ।


आमिर खान हालै एबीपी नेटवर्कको एक कार्यक्रममा सहभागी भएका थिए । यस कार्यक्रममा उनले स्विट्जरल्याण्डको करसँग सम्बन्धित एउटा किस्सा सुनाएका थिए । खासमा अमिरको ‘लगान’ करिब ६.८ महिनादेखि युरोपको एक थिएटरमा ननस्टप प्रदर्शन भइरहेको र त्यो पनि शोहरू हाउसफुल भइरहेको दृश्यका बारेमा बताएका छन ।


उनका अनुसार जब उनी थिएटर पुगे, भीडले उनलाई निकैवेर घेरिरहयो र सिनेमा हल भित्रको दृश्य हेर्न लायक थियो। आमिर खानले अगाडी भने, ‘म स्विजरल्याण्डमा थिएँ र यो फिल्म त्यहाँ ६ महिनादेखि चलिरहेको रहेछ,  म त्यही क्षेत्रमा सुटिङ गरिरहेको थिएँ र वितरकले मलाई थिएटरमा आएर उपस्थित भइदिन अनुरोध गरे किनभने त्यहाँ सो फिल्म ६–८ महिना देखी निरन्तर चलिरहेको थियो । जब म थिएटर गएँ र शो हाउसफुल थियो। बाहिर जति दर्शक थिए, त्यति नै भित्र थिए ।’


त्यहाँ मैले उनीहरूलाई भेटेंका थिए । स्क्रिनिङ सुरु भयो र त्यसपछि म प्रोजेक्शन कोठामा गएँ। त्यसपछि प्रक्षेपणकर्ताले मलाई भने, ‘म यहाँ काम गर्न लागेको र आएको २५ वर्षमा धेरै स्थानीय स्टारहरू देखेको छु। म यहाँ आएको नै ३० वर्ष भयो । धेरै अमेरिकी र युरोपेली फिल्महरू यहाँ देखाइएका छन्, तर मैले आजसम्म यस्तो प्रतिक्रिया देखेको छैन।’

आमिर खानले भने,  ‘किनभने मलाई कुरेर बसिरहेकाहरूको बाहिर धेरै भीड लागेको थियो । त्यो प्रोजेक्शनिस्टले थप भने, ‘जब मैले यो फिल्म यहाँ देखाउन थाले, पहिलो पटक त मलाई केहि गडबड भएको महसुस भयो किनकि हलभित्रबाट दर्शकको आवाज आइरहेको थियो। त्यसैले मानिसहरूले यति धेरै चिच्याएको मैले कहिल्यै सुनेको छैन, हाँस्ने र ताली बजाउने र यो सबै युरोपेली दर्शकहरू थिए।’


अमिरलाइ उनले अगाडी यो पनि भने कि , ‘मेरो करियरको यो पहिलो फिल्म हो, जसमा पर्दामा जति कोलाहल छ, त्यति नै दर्शकले चिच्याइरहेका छन् । उनले यस्तो प्रतिक्रिया यसअघि कहिल्यै नदेखेको बताएको उनले सुनाए ।

 


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

May 23, 2025

लक्की फिल्मी अवार्ड असार ८ गते

May 19, 2025

ओम प्रतीकको लेखन तथा निर्देशनको चलचित्र ‘मोहर’ को पहिलो गीतको छायाङ्कन सम्पन्न

May 19, 2025

कीर्तिपुर सिनेप्लेक्स सिनेमा हलमा सोह्रौं प्रिज्मा डिसिने अवार्ड भव्य रुपमा सम्पन्न

May 19, 2025

कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

May 19, 2025

सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?

May 19, 2025

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

May 19, 2025

सिनेपाको निर्माण आरम्भ: चलचित्र क्षेत्रको लागि निकै उपलब्धिपुर्ण: प्रधानमन्त्री

May 14, 2025

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

May 14, 2025

४८ करोडमा बनेको अजय देवगनको रेडः २ को कमाइ अब १५० करोडमाथी

May 11, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .