वीरगन्जमा पहिलो पटक थ्रोम्बोलाइसिस प्रविधिबाट पक्षाघातको उपचार सुरू

इ चितवन खबर

March 26, 2025

वीरगन्ज। वीरगन्जस्थित वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा थ्रोम्बोलाइसिस प्रविधिबाट इस्केमिक स्ट्रोक (पक्षाघात )
लकवा)को उपचार सुरू भएको छ।


अस्पतालका प्रमुख श्यामबाबु प्रसादले थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार सुरू भएको जानकारी दिएका हुन्। यस प्रविधिबाट उपचार हुनु मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रका लागि  ठूलो उपलब्धी भएको उनले दाबी गरे। 


प्रसादले वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा हालसम्म तीन जना बिरामीलाई थ्रोम्बोलाइसिस प्रक्रियाबाट सफलतापूर्वक उपचार गरिसकेको स्पष्ट पारे।  


यसअघि थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार वीरगन्जमा नभएको बताउँदै चिकित्सा क्षेत्रका लागि एउटा ठूलो कदम भएको उनको भनाइ छ।


थ्रोम्बोलाइसिस एउटा यस्तो चिकित्सा प्रविधि हो, जसमा मस्तिष्कमा रक्तसञ्चार बन्द गर्ने रगतको डल्लो (मस्तिष्कमा जमेको रगत) हटाउन अथवा पगाल्न औषधी प्रयोग गरिन्छ।


थ्रोम्बोलाइसिस इस्केमिक स्ट्रोकको उपचारका लागि अति नै प्रभावकारी मानिन्छ। मस्तिष्कमा रगत पुर्‍याउने धमनीमा अवरोध भएपछि इस्केमिक स्ट्रोक हुने गरेको उनले बताएका छन्।


प्रसादले थ्रोम्बोलाइसिस उपचारका लागि बिरामीले लक्षण देखिएको साढे चार घण्टाभित्र अस्पताल पुग्नुपर्ने बताएका छन्। स्ट्रोकका लक्षणहरू जस्तै अचानक कमजोरी, बोल्न गाह्रो हुने वा अनुहार बाङ्गिनेजस्तो लक्षण देखिएमा तुरुन्त अस्पतालमा आउन उनले आग्रह गरेका छन्।


अन्य प्रविधिबाट उपचारको तुलनामा थ्रोम्बोलाइसिस विधि छिटो र सस्तो भएकाले उनले बताए। 'हामीले उन्नत उपचारलाई सिंगो प्रदेशका बिरामीका लागि सस्तो र पहुँचयोग्य बनाउन खोजेका छौं,' डाक्टर प्रसादले भने।


उनले थ्रोम्बोलाइसिस प्रक्रियाबारे विस्तृत जानकारी दिँदै उपचारमा रगतको डल्लो हटाउने,पगाल्ने औषधी अल्टेप्लेस वा अन्य विकल्पहरू बिरामीको रगतमा इन्जेक्सनमार्फत दिइने बताए। थ्रोम्बोलाइसिस प्रक्रियाबाट बिरामीको उपचार गर्नुपूर्व विभिन्न जाँचहरू आवश्यक रहेको समेत जानकारी दिए।


उनले उपचारको सम्भावित जोखिमहरूबारे पनि चर्चा गर्दै यसमा विशेष गरी मस्तिष्कमा रक्तस्राव हुने खतरा हुन सक्ने उनले बताएका थिए।


साथै, हेमोरेजिक स्ट्रोक (रक्तस्रावबाट हुने स्ट्रोक), हालै शल्यक्रिया गरेका बिरामी वा रक्तस्रावको जोखिम बढाउने औषधी खाइरहेका बिरामीहरूका लागि थ्रोम्बोलाइसिस उपचार उपयुक्त नहुने उनले बताए। 'बिरामीको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो,' उनले भने।


थ्रोम्बोलाइसिस प्रविधिबाट उपचार नेपाल सरकारबाट स्वीकृत भएको र विश्वव स्वास्थ्य सङ्गठनले समेत मान्यता दिएको उनले जानकारी गराएका थिए। बजारमा उपलब्ध अन्य थ्रोम्बोलाइटिक औषधीहरूको विकल्प पनि रहेको उनले उल्लेख गरेका थिए।


वीरगन्जमा थ्रोम्बोलाइसिसको सुरुवातलाई यहाँको स्वास्थ्य क्षेत्रमा एउटा कोसेढुंगा मानिएको छ। इस्केमिक स्ट्रोक उपचारका लागि बिरामीहरूलाई अब राजधानी काठमाडौं अथवा भारतका ठूला सहर जानुपर्ने बाध्यता अन्त्य भएको प्रसादले दाबी गरेका थिए।


तीन जना बिरामीको सफल उपचारबाट सुरुवात भएको बताउँदैअस्पतालको क्षमता विस्तार र थप कर्मचारीलाई तालिम दिने प्रसादले प्रतिबद्धता व्यक्त गरे। स्ट्रोक उपचारलाई अझ सुधार गर्न अन्तर्राष्ट्रिय चिकित्सा संस्थाहरूसँग सहकार्य गर्ने प्रयास जारी रहेको उनले जानकारी दिए।


इस्केमिक स्ट्रोक ( लकवा )के हो?

इस्केमिक स्ट्रोक एक प्रकारको पक्षाघात/लकवा। मस्तिष्कमा रक्त प्रवाह अवरुद्ध भएर इस्केमिक स्ट्रोक हुन्छ। यो प्रायः रक्त नलीमा रगतको डल्लो बनेर वा कुनै अवरोधले गर्दा उत्पन्न हुन्छ, जसले मस्तिष्कको कुनै भागमा अक्सिजन र पोषण पुग्नबाट रोक्छ।


अक्सिजनको कमीले मस्तिष्कका कोशिकाहरू छिट्टै मर्न थाल्छन्, जसले समयमै उपचार नभएमा स्थायी क्षति वा मृत्युसम्म निम्त्याउन सक्छ। 


इस्केमिक स्ट्रोकका मुख्य कारणहरूमा मस्तिष्कको रक्त नलीमा डल्लो बन्नु (थ्रोम्बोसिस), शरीरको अन्य भागबाट डल्लो मस्तिष्कमा पुग्नु (एम्बोलिज्म), वा कोलेस्ट्रोल जमेर रक्त नली साँघुरिनु (एथेरोस्क्लेरोसिस) समावेश छन्।


यसका लक्षणहरूमा शरीरको एक भाग कमजोर हुनु वा पक्षाघात, बोल्न र बुझ्न गाह्रो हुनु, दृष्टिमा समस्या, टाउको दुख्नु, चक्कर लाग्नु र हिँड्न कठिनाइ हुन्छ।


इस्केमिक स्ट्रोकको उपचारका लागि रगत पातलो बनाउने वा डल्लो हटाउने औषधी वा शल्यक्रियामार्फत् अवरोध हटाउने प्रक्रिया अपनाइन्छ।


# चितवन खबर # स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक

June 23, 2026

सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो

June 19, 2026

नेपाली औषधि कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

June 17, 2026

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

June 14, 2026

सरकारी अस्पतालमा बिरामीका भार

June 12, 2026

रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने

June 11, 2026

‘औषधिको गुणस्तरमा भिन्नता छैन’

June 10, 2026

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

June 08, 2026

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन

May 27, 2026

स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’ को दररेटमा परिवर्तन

May 27, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .