इ चितवन खबर
March 26, 2025
मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले मुम्बईको बोरिवली क्षेत्रमा रहेको दुईवटा अपार्टमेन्ट ६।६० करोडमा बेचेका छन्, जसबाट उनले आफ्नो घर जग्गा लगानीमा ८९.५ नाफा प्राप्त गरेका छन्। यो अपार्टमेन्ट बिक्री ओबेरोय रियल्टीको प्रोजेक्ट ओबेरोय स्काई सिटीको ३४ औं तलामा रहेको थियो।
जुन कुमारको रियल इस्टेट पोर्टफोलियोको एक हिस्सा रहेको छ। यी अपार्टमेन्टहरू २०१७ मा खरिद गरिएका थिए र अब ७ वर्षपछि तिनीहरूको मूल्य लगभग ८९ प्रतिशतले बढेको छ।
पहिलो अपार्टमेन्ट १०८० वर्ग फुटको थियो, जुन नोभेम्बर २०१७ मा २.८२ करोड रुपैयाँमा खरिद गरिएको थियो। यो मार्च २०२५ मा ५.३५ करोडमा बिक्री भएको हुन पुग्यो भने दोस्रो अपार्टमेन्ट २५२ स्क्वायर फिटको थियो, जुन ६७.१९ लाखमा खरिद गरिएको थियो र २० मार्च २०२५ मा १.२५ करोडमा बेचिएको थियो। दुवै अपार्टमेन्ट एकसाथ ३.४९ करोडमा खरिद गरिएको थियो र अहिले ६.६० करोडमा बिक्री गरिएको छ। कार पार्किङ स्पेस पनि यस सम्झौतामा समावेश थियो।
स्क्वायरयार्डहरूको अनुसार ओबेरोय स्काई सिटी २५ एकड क्षेत्रफलमा फैलिएको रेडी टु मुभ इन प्रोजेक्ट हो, जसमा ३ बीएचके, स्टुडियो र डुप्लेक्स अपार्टमेन्टहरू उपलब्ध छन्। परियोजनाले बलियो बजार गतिविधि देखेको छ । अक्षय कुमारले यी अपार्टमेन्टहरू पियुष शाह र पुर्वी शाहलाई बेचेका हुन् । यद्यपि, अक्षय कुमार र खरिदकर्ताहरूसँग यस बिक्रीको बारेमा टिप्पणी भने सार्बजनिक रूपमा गरेका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 15, 2026
May 10, 2026
May 02, 2026
April 09, 2026
March 17, 2026
February 02, 2026
January 16, 2026
January 09, 2026
January 09, 2026
January 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .