इ चितवन खबर
March 26, 2025
बागलुङ। बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । बढ्दो बसाइँसराइ र युवा शक्ति विदेश पलायन हुँदै गएपछि जिल्लामा सञ्चालित उद्योग बन्द भएका हुन् । आर्थिक वर्ष २०७९/८० देखि हालसम्म चार सय ५६ उद्योग दर्ता भएका छन् ।
पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ७१ वटा उद्योग बन्द भएका छन् । यस अवधिमा ७२ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० मा एक सय १७ उद्योत तथा व्यवसाय बन्द भएका छन् । जसमा उद्योगतर्फ ४४ र वाणिज्यतर्फ ७३ रहेका छन् ।
त्यस वर्ष दुई सय २८ व्यवसाय दर्ता भएका छन् । जसमा उद्योगतर्फ ९७ र वाणिज्यतर्फ एक सय ३१ रहेका छन् । कार्यालय प्रमुख थापाका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उक सय ५५ उद्योग व्यवसाय बन्द भएका छन् ।
उद्योगतर्फ ६७ र वाणिज्यतर्फ ८८ व्यवसाय बन्द भएको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष उद्योगतर्फ ४३ र वाणिज्यतर्फ १०४ गरि एक सय ४७ व्यवसाय दर्ता भएको थापाको भनाइ छ । चालु आर्थिक वर्षमा भने उद्योगतर्फ ३१ र वाणिज्यतर्फ ४० गरि ७१ व्यवसाय बन्द भएका छन् । यस वर्ष उद्योगतर्फ २७ र वाणिज्यतर्फ ४५ गरि ७२ व्यवसाय दर्ता भएको प्रमुख थापा बताउनुहुन्छ ।
व्यवसाय गरेको छोटो समयमै बन्द गराउनेको सङ्ख्या बढी रहेको उहाँको भनाइ छ । बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले कोभिड–१९ पछि आर्थिक गतिविधि साँघुरिँदै जाँदा त्यसको असर व्यापार व्यवसायमा परेको बताउनुभयो । दुई वर्षको अवधिमा बागलुङ बजारबाट मात्रै ७० व्यवसायीपलायन भएको उहाँको भनाइ छ । मुलुकमा राजनीतिक अस्थितरता र राज्यको कर नीतिका कारण पनि व्यवसायी निराश भएर व्यवपार व्यवसाय बन्द गर्न बाध्य भएको कँडेल बताउनुहुन्छ ।
अध्यक्ष कँडेलले भन्नुभयो, “दिनदिनै बागलुङमा व्यवसाय बन्द हुँदै गएका छन्, व्यवसाय बन्द हुने पहिलो कारण त कोभिड–१९ नै हो, आर्थिक मन्दि भयो, त्यसको प्रत्यक्ष प्रभाव व्यवसायमा पर्यो, यहाँका धेरै व्यवसायीले सामान लिलाम गरेर विदेश गए, अब राज्यले व्यवसायीमुखी नीति र कार्यक्रम ल्याउन नसके अझै धेरै उद्योग व्यवसाय बन्द हुने देखिन्छ ।”
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 22, 2026
September 22, 2026
September 18, 2026
September 17, 2026
September 17, 2026
September 14, 2026
September 13, 2026
September 13, 2026
September 12, 2026
September 12, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .