ऐश्वर्या राय बच्चनको कार दुर्घटना

इ चितवन खबर

March 27, 2025

मुम्बई। बलिउड फिल्म इन्डस्ट्रीकी अभिनेत्री तथा करोडौं मनको मुटु ऐश्वर्या राय बच्चनको कार हालै दुर्घटनाको सिकार बनेको छ । मुम्बईमा दिउँसो उनको कार दुर्घटनामा परेको हो । । ऐश्वर्या राय बच्चनको जुहुस्थित घर नजिकै बेस्टको बस र उनको कार एक आपसमा ठोक्किएको हो ।

 

यद्यपि यो दुर्घटना धेरै ठूलो थिएन र टक्कर भने सामान्य थियो। यसबाहेक दुर्घटना हुँदा ऐश्वर्या कारमा उपस्थित नभएको पनि अहिले खुलेको छ । अभिनेत्रीका फ्यानहरु उनको स्वास्थ्यलाई लिएर चिन्तित थिए तर अहिले उनी पूर्णरुपमा सकुशल छिन् भन्ने खुले पछि खुसी भएका छन् ।

 

रिपोर्टका अनुसार ऐश्वर्या राय बच्चनको १.५ करोड भारुको महँगो कार सिल्वर टोयोटा वेलफेयरलाई मुम्बईको जुहुमा सडकमा रहेको बेस्ट बसले ठक्कर दिएको थियो । राहतको कुरा यो थियो कि ठक्कर एकदमै सामान्य थियो र अभिनेत्रीको कारमा कुनै क्षति भने भएन ।

 

तर जबदेखि यो खबर बाहिरियो, प्रशंसकहरू अभिनेत्रीको बारेमा चिन्तित थिए र कार भित्रको थियो भन्ने बारे कुनै जानकारी अझै दिइएको छैन । तर, अहिले उक्त दुर्घटना भएको कारमा ऐश्वर्या न त बच्चन परिवारका कोही सदस्य रहेको स्रोतबाट खुलासा भएको छ । यस घटनामा कुनै ठूलो क्षति वा चोटपटक रिपोर्ट गरिएको छैन। उनको कार दुर्घटनाको भिडियो भने सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

फिल्म ‘टीका’ को शुभमुहूर्त

May 15, 2026

वरिष्ठ लोक गायक बम बहादुर कार्कीको ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक

May 10, 2026

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

May 02, 2026

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 09, 2026

फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

March 17, 2026

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

February 02, 2026

‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

January 16, 2026

‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’ : अभिनेता मल्ल

January 09, 2026

मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता

January 09, 2026

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

January 08, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .