तीस करोडको लागतमा अस्पताल भवन निर्माण

इ चितवन खबर

March 28, 2025

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब रु १२ करोड लागत र नेपाल हिल्फे संस्थाको रु १८ करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो ।  


साँघुरो भवनका कारण सहज रूपमा सेवा दिन कठिन भइरहेको अवस्थामा नयाँ भवन निर्माणसँगै अब सहज हुने सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले बताउनुभयो । नयाँ भवनबाट केही दिनमा सेवा दिन थालिने छ ।  


पन्ध्र श्ययाको अस्पतालले पुरानो भवनबाट ८० श्ययाको सेवा दिँदै आएको छ । बिरामीको चाप धेरै भएकाले आफूहरूले स्वीकृत दरबन्दीभन्दा धेरै श्यया सञ्चालन गर्नुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा आचार्यले बताउनुभयो ।  स्वीकृत दरबन्दी पन्ध्र शैय्याको मात्र हुँदा जनशक्ति अभाव झेल्नु परेको उहाँको भनाइ छ । हाल अस्पतालमा स्थायी, करार र अन्य गरी १६४ कर्मचारी कार्यरत छन् । 


सामुदायिक रूपमा सञ्चालित सो अस्पताललाई २०७५ सालमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो । उक्त समय गण्डकी प्रदेश सरकारले १५ श्ययाको जिल्ला अस्पताल कायम गरेको थियो । प्रदेश सकारको २०८१ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णयले यस अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा अघि बढाएको हो । अस्पतालले जग्गाको भोगाधिकार समेत प्राप्त गर्न सकेको छैन । जमिन भोगाधिकारका लागि पहल भइरहेको भए पनि अस्पतालको नाममा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । जमिनको भोगाधिकार नहुँदा अन्य दातासँग सहयोग लिन र नयाँ काम गर्न समस्या हुँदै आएको उहाँले बताउनुभयो । 


अस्पतालको वार्षिकोत्सव कार्यक्रममा गत फागुन २८ गते यहाँ आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो अस्पताललाई एक सय श्ययाको बनाउने आश्वासन दिनुभएको अध्यक्ष घिमिरेले बताउनुभयो । 


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

आज बढ्यो सुन चाँदीको भाउ २ सय रुपैयाँले बढ्याे, कतिमा हुँदैछ कारोबार ?

April 24, 2025

७ हजार बढीले घटयो सुनको मुल्य

April 23, 2025

काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्व २१ करोड राजस्व संकलन

April 23, 2025

तीन हजार बढी करदाताले बुझाएनन् विवरण

April 22, 2025

सुनकाे भाउ एकै दिन ६ हजार ९ सयले बढयाे

April 22, 2025

यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

April 20, 2025

राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोडको ऋणपत्र आजबाट बिक्री खुला

April 20, 2025

कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

April 18, 2025

आज सुनको भाउ ८०० रुपैयाँले घट्यो, चाँदी भने स्थिर

April 18, 2025

सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार

April 17, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .