इ चितवन खबर
April 01, 2025
काठमाडौं। कृषा चौलागाईं निर्देशित मल्टिस्टारर एक्सन फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।
रन टाक्षम ३ मिनेट १४ सेकेण्ड भएको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारेको छ । खासमा यो फिल्म बदलाको कथा हो । महिलामाथिको अन्याय र शोषणविरुद्ध ‘पिताम्बर’ नामक शीर्ष पात्रले खलपात्रविरुद्ध लड्ने लडाइको कथा यसमा छ ।
एक्सन, ड्रामा, रोमान्स र संवेदनाको कथा समेटिएको यो फिल्मको केन्द्रमा महिलाविरुद्ध हुने अत्याचारको कथा समेटिएको छ । महिला न्यायको कथा यसको केन्द्रमा समेटिएको छ । निर्देशक चौलागाईंले पात्रमार्फत महिलामाथि हुने अन्याय र अत्याचारको कथा पेश गरेकी छन् ।
प्रदीप खड्का, सौगात मल्ल, प्रमोद अग्रहरि, दिब्यदेवको एक्सन अवतार आकर्षक देखिएको छ। सिंगो ट्रेलर प्रदीपको वरपर घुम्छ । दिब्या रायमाझीलाई उनको लभ इन्ट्रेस्टको रुपमा देखाइएको छ । एक्सन कोरियोग्राफी र भब्य प्रोडक्सन डिजाइन ट्रेलरको आकर्षक पक्ष हो ।
यो मल्स्टिारर फिल्ममा आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, कामेश्वर चौरासिया लगायतको शीर्ष भूमिका छ । विशाल चौलागाईंले निर्माण गरेको ‘पिताम्बर’ चैत २९ गते प्रदर्शन तयारीमा छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 21, 2025
April 21, 2025
April 21, 2025
April 17, 2025
April 15, 2025
April 15, 2025
April 11, 2025
April 05, 2025
April 03, 2025
April 03, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .