क्यान्सर अस्पताल भरतपुरले थप सेवा विस्तार गर्दै

इ चितवन खबर

April 08, 2025

चितवन। बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले थप सेवा विस्तार गर्ने भएको छ । क्यान्सरका बिरामीहरुलाइ मध्यनजर गर्दै अस्पतालले सेवा विस्तार गर्न लागेको जनाएको छ । अस्पतालले PET CT, CYCLOTRON AND BONE MARROW TRANSPLANTATION उपकरणहरु छिट्टै सन्चालनमा ल्याइ आफ्नो सेवालाइ बिरामीको पहुँचमा पुर्‍याउने योजना बनाइएको अस्पताल सन्चालक समितिका अध्यक्ष डा बिजयराज न्यौपानेले बताए । 


अस्पतालले सोमबार PET CT, CYCLOTRON AND BONE MARROW TRANSPLANTATION सम्बन्धि आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (EIA) सम्बन्धि मस्यौदा प्रतिवेदन माथिको सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरेको छ । सार्वजनिक सुनुवाइमा सम्बन्धित क्षेत्रका बिषयगत बिज्ञहरु,जनप्रतिनिधिहरु र स्थानीयहरुको सहभागिता रहेको थियोे । अस्पतालले सहभागीहरुबाट प्राप्त भएका राय सुझावहरुलाई टेकेर उक्त सेवा विस्तार गर्ने भएको हो । 


कार्यक्रममा बोल्दै वातावरण बिज्ञ प्रकाश किरणगज थापाले अस्पतालले विस्तार गर्न लागेको आयोजनाले स्थानीय स्तरमा प्रतिकुल समस्या नपार्ने प्रष्ट पारे । उनले   यस्ता खालका उपकरणहरुबाट निस्कने विकिरणले स्थानीय स्तरमा असर पुर्‍याउन सक्ने सम्भावना रहने हुँदा त्यस तर्फ अस्पतालले निगरानीका पुर्‍याएको पनि बताए । 


अर्का वातावरण इन्जिनियर अशोक काफ्ले र उत्सव भट्टराईले यसबाट वातावरणमा कुनै असर नपर्ने बताए । उनिहरुले भने,यो प्रविधिले वातावरणलाई असर नगर्ने गरि डिजाइन गरिएको छ । 


भरतपुर ७ का अध्यक्ष राजेन्द्र मणि काफ्लेले सेवा विस्तार गर्नु उदाहरणीय कार्य भएको बताउदै यसबाट स्थानीयलाई उपेक्षित गर्न नहुने तर्क राख्नु भयो । उहाँले अस्पताल प्रशासन बिरामी प्रती जवाफदेहिता नभएको उल्लेख गर्दै दुखीको सेवामा लाग्न आग्रह समेत गर्नु भयो । अध्यक्ष काफ्लेले अस्पतालको हसपिस कसका लागि हो भनेर प्रशासन समक्ष प्रती प्रश्न समेत गरे । 


कार्यक्रममा भरतपुर ४ का अध्यक्ष अर्पण पोख्रेल,सदस्य बिजय सापकोटा,विभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु,छिमेकी टोल बिकास सस्थाका अध्यक्ष एवं सदस्यहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियोे । रमेश राज पाण्डेले सन्चालन गर्नुभएको कार्यक्रम अस्पताल सन्चालक समितिका अध्यक्ष डा बिजयराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियोे । 


प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व बिशेस्वर प्रसाद कोइरालाको क्यान्सर रोगका कारण निधन भएपछि गरिव तथा निमुखा जनताले क्यान्सर रोगको सर्वसुलभ उपचार स्वदेश भित्रै गर्न पाउन भन्ने उदेश्यका साथ उक्त अस्पताल खोलिएको थियोे । तत्कालीन समयमा उनका भाइ गिरिजा प्रसाद कोइराला प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमण जादा नेपालमा एक उच्चस्तरीय क्यान्सर अस्पताल बनाउन नेपाल र चीन बिच सहमति भएको थियोे । उक्त सहमति अनुसार चिनिया सरकारले अस्पतालको भौतिक पूर्वाधार निर्माण गर्न र प्राविधिक सहयोग गर्न सम्झौता गरेको थियो । जसअनुसार तत्कालीन श्री ५ को सरकारको गठन आदेश अनुसार २०४९ सालमा डक्टर सुन्दरमणि दीक्षितको अध्यक्षतामा डक्टर सम्पूर्णनन्द ढुङ्गाना सदस्य सचिव रहनेगरी परियोजना व्यवस्थापन समितिको गठन भई अस्पतालको वैधानिक संरचना सुरु भएको थियो। सुरुका दिनमा ५० सैयाबाट सेवा सुरु गरेको यस क्यान्सर अस्पताल हाल ४५० सैयामा सञ्चालन भएरहेको छ। 


# चितवन खबर # स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

April 08, 2025

किन बढ्दै छ, वायु प्रदूषण ?

April 04, 2025

वायु प्रदूषण हुँदा मानिसहरुले के गर्ने र के नगर्ने ? वायु गुणस्तर सूचकांक भनेको के हो ? AQI को महत्त्व

April 04, 2025

वीरगन्जमा पहिलो पटक थ्रोम्बोलाइसिस प्रविधिबाट पक्षाघातको उपचार सुरू

March 26, 2025

राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका छन् : स्वास्थ्यमन्त्री पौडेल

March 24, 2025

चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने

March 18, 2025

वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त

March 11, 2025

नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब

March 09, 2025

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. देवकोटाको बढुवा

March 06, 2025

भैरहवामा पहिलो पटक न्युरो विज्ञान सम्मेलन

March 02, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .