राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान मधेश प्रदेशको नेतृत्वमा रुद्रसेन निर्वाचित

इ चितवन खबर

April 11, 2025

महोत्तरी। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, मधेश प्रदेशको प्रथम अधिवेशनवाट रुद्रसेन विश्वकर्मा निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन ।
शुक्रबार भएको अधिवेशनले विश्वकर्माको नेतृत्वमा १४ सदस्य निर्वाचित गरेको हो ।

 


वरिष्ठ उपाध्यक्षमा इन्द्र सिलवाल, महिला उपाध्यक्षमा हेम कुमारी वराल (सुनिता), सचिवमा विनोद ढुंगेल, कोषाध्यक्षमा राधा गौतम र स-सचिवमा विकास पाण्डे निर्वाचित भएको प्रतिष्ठानले जनाएको छ । सदस्यहरुमा भने तेजनारायण सर्मा, सरोज सन्त, सोरथा लामा, सर्मिला रमौली, रुवि झा, निर कुमारी विश्वकर्मा, रमा सर्मा ढकाल र आशा तोलाङ्गे निर्वाचित भएको नवनिर्वाचित सचिव विनोद ढुंगेलले जानकारी दिए ।

 

यसअघि तदर्थ समितीको समेत नेतृत्व गरेका रुद्रसेन बिश्वकर्मा दोहोरिएका छन भने अन्य पदाधिकारीहरुमा नयाँ अनुहार छन । मौलिक संस्कार र सस्कृतिलाई एकाकार गर्दै लोक संस्कृतिको जगेर्नामा नवनिर्वाचित नेतृत्वले महत्वपूर्ण काम गर्ने विस्वास लिइएको छ ।

 

छोटो समयमा नै देशव्यापी विस्तार भएको प्रतिष्ठानले सराहनीय काम गरेको वताउदै मधेशका चर्चित लोक सर्जक समेत रहेका बिस्वकर्माको नयाँ उचाई लिने प्रमुख अथितिकोरुपमा सहभागी नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले वताए ।

 


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .