इ चितवन खबर
February 25, 2025
परासी । प्रेम सम्बन्धको विषयलाई लिएर उत्पन्न विवादमा झडप हुँदा नवलपरासीमा २० जना घाइते भएका छन् । घटनामा एकको अवस्था गम्भीर छ ।
आक्रोशित स्थानीयले प्रहरीको गाडीसमेत जलाई दिएका छन् । आगजनीबाट एक कवार्ड गोदाम ध्वस्त भएको छ ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुरमा मंगलबार प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षबीच झडप भएको हो । झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा समेत आगजनी गरी ध्वस्त बनाएका छन् ।
धोवी थर भएका केटासँग भएको प्रेम सम्बन्धको विषयलाई लिएर विवाद भएको हो । केटा र केटीको उमेर २० वर्षको हाराहारीमा रहेको स्थानीयले बताएका छन् । सोमबार साँझ केटाका भाइ काम विशेषले बेलासपुर आउँदा मोहरमका छोरा सोवराती पवरियासहितको समूहले कुटपिट गरेपछि विवादले उग्ररुप लिएको स्थानीयले बताएका छन् ।
स्थिति नियन्त्रण लिन ५ राउण्ड अश्रु ग्याँस र ३ राउण्ड हवाई फायर गरेको सूचना अधिकारी थापाले बताए । झडपका क्रममा अन्य ३ जना सर्वसाधारण पनि घाइते भएका छन् । घाइते हुने अन्यमा इन्स्पेक्टरसहित ११ जना नेपाल प्रहरी र चारजना सशस्त्र प्रहरीका रहेका छन् । टाउको र छातिमा चोट लागेका उनीहरूको अवस्था सामान्य अवस्था रहेको छ। उनीहरूको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आगजनीमा संलग्न भएका चार महिलासहित ५ जनालाई पक्राउ गरिएको र अन्य खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 16, 2026
April 15, 2026
April 14, 2026
April 14, 2026
April 13, 2026
April 12, 2026
April 12, 2026
April 12, 2026
April 11, 2026
April 10, 2026
April 16, 2026
April 15, 2026
April 14, 2026
April 14, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .