६ वैशाखमा ‘सांगीतिक गजल गुञ्जन’

इ चितवन खबर

April 17, 2025

काठमाडौं। नेपाल गजल प्रतिष्ठानले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसर पारेर यही २०८२ बैसाख ६ गते शनिवारका दिन सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को मुख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन कार्यक्रमको आयोजना गर्न लागेको छ ।


यस कार्यक्रममा गजलकारहरू सुमी पोख्रेल, रोमा लम्साल, खिम पुन, लोकेश संघात, बिनोद बिम्बित, अनजान यात्री, अविनाश सापकोटा, आँचलकुमार शर्मा, नृपेश उप्रेती, प्रमोद थापा, टक गुरुङ, प्रदीपकुमार मैनाली र भोजराज घिमिरेसमेत १३ जना गजलकारहरूका गजल बाचन गरिने भएको छ ।


चर्चित गायक एवं गायिकाहरू सन्तोष श्रेष्ठ, राज सागर, वविना भट्टराई, झुमा निरौला भविन ढुङ्गाना, लालकाजी श्रेष्ठ अजर जङ्गम, जलजला परियार, आवाज शर्मा, रोशा फुँयाल, दीपिका श्रेष्ठ, अमिर परियार, प्रशान्त पोखरेलले गाउने छन ।

 

गजलको संगीत एवं संगीत संयोजन चण्डीप्रसाद काफ्ले, रवि प्रञ्जल, करुण थापा, लालकाजी श्रेष्ठ, सन्तोष श्रेष्ठ, भविन ढुङ्गाना एवम् आवाज शर्माले गरेका हुन ।  

 

कार्यक्रमकै अवसरमा हरेक २–२ बर्षमा गजल बिधामा प्रकाशन भएका गजल संग्रह मध्ये १ गजल संग्रहलाई निर्मला घिमिरेद्वारा आफ्ना दिवंगत माता पिता इन्द्र सापकोटा र शान्ति सापकोटाको स्मृतिमा स्थापना गर्नु भएको ३५ हजार रूपैयाँको इशा पुस्तक पुरस्कार एवम् सम्मान तथा ‘के लत बस्यो..’ गजलका गजलकार डा. प्रदीप कुमार मैनालीले स्थापना गर्नु भएको “के लत बस्यो” नामक पुरस्कार एक युवा गजलकारलाई प्रदान गरिनेछ ।


नेपाली गजलको सम्बर्धन र प्रवर्द्धनको उदेश्य राखी स्थापना गरिएको यस प्रतिष्ठानले राजधानी र मोफसलमा गरी हालसम्म ४ ओटा साङ्गीतिक मुशायरा ‘गजल गुन्जन’ कार्यक्रम र करिव आधा दर्जनभन्दा बढी तहत तथा तरन्नुमको ‘गजल मुशायरा’ सम्पन्न गरिसकेको छ ।


यस प्रतिष्ठान अन्तर्गत बहर बहार एवम् मोती पाठशाला गरी २ ओटा अनलाइन गजल अभ्यासशाला संचालन गरिएका छन्, जसअन्तरगत क्रमशः १६०० र ३५० ओटा अभ्यास शृङ्खलाहरू पूरा भइसकेका छन् । हरेक वर्ष विश्वव्यापी गजल प्रतियोगिता गर्दै आएको यस प्रतिष्ठानले विजेताहरूको गजल संग्रह प्रकाशन गरिदिने गरेको छ । 

 

प्राज्ञ एवम् वरिष्ठ गजलकार बूँद राना प्रमुख अतिथि रहने यस कार्यक्रमलाई सिटीजन बैँक इन्टरनेशनलको सहयोग एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धन रहेको यस कार्यक्रम संचालनका लागि नेपाल दूर संचार कम्पनी, सुर्य ज्योति लाइफ इन्सोरेन्स, सूर्य नेपाल सानिमा रिलायन्स् इन्सोरेनस्, भायनेट प्रालि लगायतले प्रायोजन गरेका छन् ।


नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठका अनुसार आगामी मोती जयन्तीका अवसर पारेर अर्को साङ्गीतिक गजल गायन एवम् गजलका क्षेत्रमा उल्लेख्य योगदान दिनु हुने एकजना गायक एवम् एक जना सङ्गीतकारलाई सम्मान एवम् पुरस्कार प्रदान गर्ने कार्यक्रम राखिएको छ ।
 


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

May 23, 2025

लक्की फिल्मी अवार्ड असार ८ गते

May 19, 2025

ओम प्रतीकको लेखन तथा निर्देशनको चलचित्र ‘मोहर’ को पहिलो गीतको छायाङ्कन सम्पन्न

May 19, 2025

कीर्तिपुर सिनेप्लेक्स सिनेमा हलमा सोह्रौं प्रिज्मा डिसिने अवार्ड भव्य रुपमा सम्पन्न

May 19, 2025

कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

May 19, 2025

सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?

May 19, 2025

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

May 19, 2025

सिनेपाको निर्माण आरम्भ: चलचित्र क्षेत्रको लागि निकै उपलब्धिपुर्ण: प्रधानमन्त्री

May 14, 2025

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

May 14, 2025

४८ करोडमा बनेको अजय देवगनको रेडः २ को कमाइ अब १५० करोडमाथी

May 11, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .