इ चितवन खबर
April 17, 2025
काठमाडौं। नेपाल गजल प्रतिष्ठानले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसर पारेर यही २०८२ बैसाख ६ गते शनिवारका दिन सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को मुख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन कार्यक्रमको आयोजना गर्न लागेको छ ।
यस कार्यक्रममा गजलकारहरू सुमी पोख्रेल, रोमा लम्साल, खिम पुन, लोकेश संघात, बिनोद बिम्बित, अनजान यात्री, अविनाश सापकोटा, आँचलकुमार शर्मा, नृपेश उप्रेती, प्रमोद थापा, टक गुरुङ, प्रदीपकुमार मैनाली र भोजराज घिमिरेसमेत १३ जना गजलकारहरूका गजल बाचन गरिने भएको छ ।
चर्चित गायक एवं गायिकाहरू सन्तोष श्रेष्ठ, राज सागर, वविना भट्टराई, झुमा निरौला भविन ढुङ्गाना, लालकाजी श्रेष्ठ अजर जङ्गम, जलजला परियार, आवाज शर्मा, रोशा फुँयाल, दीपिका श्रेष्ठ, अमिर परियार, प्रशान्त पोखरेलले गाउने छन ।
गजलको संगीत एवं संगीत संयोजन चण्डीप्रसाद काफ्ले, रवि प्रञ्जल, करुण थापा, लालकाजी श्रेष्ठ, सन्तोष श्रेष्ठ, भविन ढुङ्गाना एवम् आवाज शर्माले गरेका हुन ।
कार्यक्रमकै अवसरमा हरेक २–२ बर्षमा गजल बिधामा प्रकाशन भएका गजल संग्रह मध्ये १ गजल संग्रहलाई निर्मला घिमिरेद्वारा आफ्ना दिवंगत माता पिता इन्द्र सापकोटा र शान्ति सापकोटाको स्मृतिमा स्थापना गर्नु भएको ३५ हजार रूपैयाँको इशा पुस्तक पुरस्कार एवम् सम्मान तथा ‘के लत बस्यो..’ गजलका गजलकार डा. प्रदीप कुमार मैनालीले स्थापना गर्नु भएको “के लत बस्यो” नामक पुरस्कार एक युवा गजलकारलाई प्रदान गरिनेछ ।
नेपाली गजलको सम्बर्धन र प्रवर्द्धनको उदेश्य राखी स्थापना गरिएको यस प्रतिष्ठानले राजधानी र मोफसलमा गरी हालसम्म ४ ओटा साङ्गीतिक मुशायरा ‘गजल गुन्जन’ कार्यक्रम र करिव आधा दर्जनभन्दा बढी तहत तथा तरन्नुमको ‘गजल मुशायरा’ सम्पन्न गरिसकेको छ ।
यस प्रतिष्ठान अन्तर्गत बहर बहार एवम् मोती पाठशाला गरी २ ओटा अनलाइन गजल अभ्यासशाला संचालन गरिएका छन्, जसअन्तरगत क्रमशः १६०० र ३५० ओटा अभ्यास शृङ्खलाहरू पूरा भइसकेका छन् । हरेक वर्ष विश्वव्यापी गजल प्रतियोगिता गर्दै आएको यस प्रतिष्ठानले विजेताहरूको गजल संग्रह प्रकाशन गरिदिने गरेको छ ।
प्राज्ञ एवम् वरिष्ठ गजलकार बूँद राना प्रमुख अतिथि रहने यस कार्यक्रमलाई सिटीजन बैँक इन्टरनेशनलको सहयोग एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धन रहेको यस कार्यक्रम संचालनका लागि नेपाल दूर संचार कम्पनी, सुर्य ज्योति लाइफ इन्सोरेन्स, सूर्य नेपाल सानिमा रिलायन्स् इन्सोरेनस्, भायनेट प्रालि लगायतले प्रायोजन गरेका छन् ।
नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठका अनुसार आगामी मोती जयन्तीका अवसर पारेर अर्को साङ्गीतिक गजल गायन एवम् गजलका क्षेत्रमा उल्लेख्य योगदान दिनु हुने एकजना गायक एवम् एक जना सङ्गीतकारलाई सम्मान एवम् पुरस्कार प्रदान गर्ने कार्यक्रम राखिएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 15, 2026
May 10, 2026
May 02, 2026
April 09, 2026
March 17, 2026
February 02, 2026
January 16, 2026
January 09, 2026
January 09, 2026
January 08, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .