इ चितवन खबर
April 21, 2025
काठमाडौं । नेकपा एमालेले बैशाख ११ लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ ।
जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रम आयोजनाका लागि पार्टी महासचिव शंकर पोखरेलेकै नेतृत्वमा एमाले नेतृत्व परिचालित भएको छ । युवालाई लोकतन्त्र ल्याउनको लागि भएको बलिदान र यसको महत्त्व बारे जानकारी दिन विशेष कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमको समन्वयमा खट्नु भएका पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए।
सो क्रममा आज नेकपा एमालेबाट काठमाडौं उपत्यकामा निर्वाचन जितेका जनप्रतिनिधिहरूको भेला आयोजना गरिएको थियो । भेलालाई पार्टी महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल लगायतले सम्बोधन गरेका थिए । भेलाले युवा सहभागिताका लागि विभिन्न योजना बनाएको छ ।
आजै सोही विषयमा केन्द्रित रहेर जनसंगठनका पदाधिकारीहरूको भेला पनि सम्पन्न भएको छ । भेलामा जनसंगठनको तर्फबाट युवा सहभागिताको विषयमा छलफल गरी योजना बनाइएको ढुङ्गेलले जानकारी दिए । भेलालाई पार्टी महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले सम्बोधन गरेका थिए ।
यसै बिच कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टीको उपत्यका कोर सिटी स्थानीय पार्टी नेतृत्वसँगको बैठक पनि गरिएको छ । बैठकलाई पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल लगायतले सम्बोधन गरेका थिए ।
बैशाख ११ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने कार्यक्रम सफल बनाउन पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको मुख्य टिम बनेको छ ।
त्यसै गरी, पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेल संयोजक रहेको सहजीकरण टिम बनाइएको छ । कार्यक्रममा देशभरिका पार्टी र जनसंगठन आवद्ध युवाहरूले सहभागिता जनाउने ढुङ्गेलले बताए । बैशाख ११ गते भृकुटी मण्डपमा नेपालका युवाहरूको वास्तविक अनुहार देखिने उनले दाबी गरेका छन ।
कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । युवा केन्द्रित कन्सर्टका साथै अन्य विशेष कार्यक्रम पनि आयोजना हुने ढुङ्गेलले बताए ।
‘अहिलेसम्म भएका भन्दा फरक कार्यक्रम हुने छ’, उनले भने ।
एमालेले बैशाख ११ को युवा भेला बिशेष हुने
2025-4-20 / 2082-01-7 2:18 pm
राजनीति

Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 20, 2025
May 19, 2025
May 19, 2025
May 19, 2025
May 14, 2025
May 07, 2025
May 06, 2025
May 06, 2025
May 05, 2025
May 05, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .