वन डढेलो नियन्त्रणका लागि कार्ययोजना बनाएरै लाग्नुपर्नेमा जोड

इ चितवन खबर

April 21, 2025

काठमाडौँ। वन डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले स्पष्ट कार्ययोजना बनाएर सहकार्य गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित ‘वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजना’ सम्बन्धी छलफलमा सहभागीले पछिल्ला वर्षहरूमा वन डढेलोका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
 
    
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले गाउँघरमा गाईवस्तु पाल्ने क्रम घट्दै गएकाले वन जङ्गलमा इन्धन थुप्रिएका कारण डढेलोको जोखिम बढिरहेको बताउनुभयो ।
 
    
फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पर्याप्त साधनस्रोत र दक्ष जनशक्तिको अभावमा वन डढेलो नियन्त्रण गर्न कठिन भइरहेको बताउनुभयो । विभिन्न क्षेत्रबाट अनावश्यक दबाब आउँदा डढेलो लगाउने व्यक्तिलाई कारबाही गर्न नसकिएको उहाँको गुनासो थियो ।
 
    
वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले वन डढेलो हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक रमेशराज पन्तले दिगो विकासका १७ वटा लक्ष्यमध्ये नौवटामा वन डढेलोका विषय समावेश भएको भन्दै कार्ययोजना बनाउँदै गर्दा यसलाई पनि हेर्नुपर्ने धारणा राख्नुभयो ।
 
    
सामुदायिक वन उपभोक्ता महासङ्घका वरिष्ठ उपाध्यक्ष वीर्खबहादुर शाहीले डढेलो नियन्त्रणमा पहिलो भूमिका नै स्थानीय समुदायको भएकाले समुदायलाई तालिम र साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

July 10, 2026

प्रतिनिधिसभा : नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग

July 10, 2026

चार विधेयक प्रमाणीकरण

July 10, 2026

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

July 10, 2026

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

July 10, 2026

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

July 09, 2026

शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य

July 09, 2026

सुनचाँदीको मूल्य घट्यो

July 09, 2026

विदेशी सम्बन्धनका कलेजका लागि नयाँ नियमावली, उत्कृष्ट एक हजार विश्वविद्यालयको सम्बन्धन अनिवार्य

July 09, 2026

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

July 09, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .