इ चितवन खबर
February 25, 2025
काठमाडौँ । जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल बर्षाले प्रभावित भएको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुनुपर्न समुह बी अन्तर्गतको यो खेल खराब मौसमका कारण अहिलेसम्म टस हुन सकेको छैन ।
अहिलेसम्म टस हुननसकेपछि अब मौसममा सुधार भएर खेल भएपनि ओभर भने घट्ने भएको छ । अर्कोतर्फ खेल नभएर दुवैले अंक बाड्ने अवस्था आएमा यसले सेमिफाइनलको समीकरणलाई समेत प्रभाव पार्ने छ ।
जारी प्रतियोगितामा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो भने अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेको थियो ।
हेड टू हेडको कुरागर्दा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ११० एकदिवसीय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ भने अस्ट्रेलियाले ५१ खेल जितेको छ । जसमा ३ खेल बराबरीमा सकिएका छन् भने एक खेलको नतिजा आएको थिएन ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
February 24, 2026
February 21, 2026
February 17, 2026
December 12, 2025
December 07, 2025
December 06, 2025
December 06, 2025
December 02, 2025
December 01, 2025
November 28, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .