काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्व २१ करोड राजस्व संकलन

इ चितवन खबर

April 23, 2025

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०८२ बैशाख ७ गतेसम्ममा ७ अर्व २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गरेको छ । यस दिनसम्म गएको आर्थिक वर्षसम्म तुलना गर्दा घरबहाल करमा २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी संकलन भएको हो । 

 

यस शीर्षकमा आर्थिक वर्ष २०८०/०८१ मा १ अर्व ८६ करोड १२ लाख ८२ हजार २२९ रुपैयाँ संकलन भएको थियो । राजस्व विभागका प्रमुख दिपक अधिकारीका अनुसार यस शीर्षकमा चालु आर्थिक वर्षमा २ अर्व ११ करोड ६५ लाख ८४ हजार २७२ रुपैयाँ वढी राजस्व संकलन भएको हो । 


यस्तै, सम्पत्ति करमा १५ करोड २२ लाख ४३ हजार १४५ रुपैयाँ वढी राजस्व संकलन भएको छ । गएको आर्थिक वर्षको यस अवधिमा ७९ करोड ५२ लाख ८३ हजार ६६ रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष ९४ करोड ७५ लाख २६ हजार २१२ रुपैयाँ संकलन भएको छ । 


न्यायिक दस्तुरमा ८४ हजार ८०५ रुपैयाँ, पर्यटन शुल्कमा १ करोड ६७ लाख ४० हजार ५ सय रुपैयाँ, भूमिकर÷मालपोत करमा १ लाख ९० हजार ८७० रुपैयाँ, शिफारिस दस्तुरमा ७१ लाख २८ हजार २६८ रुपैयाँ, प्रशासनिक दण्ड, जरिवाना र दस्तुरमा ३९ लाख ५६ हजार ८८३ रुपैयाँ वढी रकम जम्मा भएको छ । 


राजस्व वढ्नुका कारण बारे जानकारी दिँदै अधिकारीले भने,  ‘व्यवसाय कर टोली नियमित परिचालन गरेका छौँ । १ लाख रुपैयाँभन्दा कर तिर्दै आउनुभएका करदातालाई पत्र पठाएर कर तिर्न अनुरोध गरेका छौँ । आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरेर गएको वर्ष राजस्व कार्यालयमा घरबहाल कर तिरेका करदाताको विवरण महानगरपालिकाको विवरणमा समेटेका छौँ ।’


सहरमा भवन निर्माण गर्ने स्थान सकिँदै गएपछि नक्सा पास दस्तुर घट्न थालेको अधिकारीको भनाइ छ । यो शीर्षकमा गएको वर्ष ४९ करोड ८२ लाख १० हजार ७१० रुपैयाँ संकलन भएकोमा यस वर्ष २९ करोड ६४ लाख ७४ हजार ५३६ रुपैयाँ संकलन भएको छ ।

यो गएको वर्षभन्दा २० करोड १७ लाख २६ हजार १७४ रुपैयाँ कम हो । अन्य प्रशासनिक सेवा शुल्कमा पनि यस वर्ष राजस्व घटेको छ । यस शीर्षकमा गएको वर्षभन्दा २ करोड ६३ लाख ९६ हजार २९९ रुपैयाँ कम राजस्व उठेको छ । 


हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आयमा वृद्धि भएको छ । गएको वर्ष यस अवधिमा १४ करोड ६ लाख ६३ हजार रुपैयाँ पर्यटन शुल्क संकलन गरेको कार्यक्रमले यस वर्ष १५ करोड ७४ लाख ३५ हजार रुपैयाँ संकलन गरेको छ । पर्यटन सेवा शुल्कसँगै अन्य सेवा शुल्क र अन्य प्रशासनिक सेवा शुल्क गरी कार्यक्रमबाट १५ करोड ७८ लाख ५३ हजार ५ सय रुपैयाँ संकलन भएको छ । गएको वर्ष यस अवधिमा १४ करोड ९ लाख ६८ हजार रुपैयाँ संकलन भएको थियो । 


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

September 23, 2026

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

September 23, 2026

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

September 22, 2026

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

September 22, 2026

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

September 18, 2026

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

September 17, 2026

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

September 17, 2026

आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

September 14, 2026

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

September 13, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

September 13, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .